काठमाडौं । सेलकम प्रालि(सेलपे) तथा फोनपे पेमेण्ट सर्भिस(फोनपे) विच सहकार्य भएको छ । यस सहकार्यअन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक त्तच् भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् ।
उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन् ।
कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो ।
साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरुबीच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।
यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे त्तच् ऋयमभ क्अबल गरी भुक्तानी गर्न सक्ने छन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।