काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रक्रिया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैङ्कले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य वित्तीय संस्थाबाट लिएको घर कर्जा सार्ने ग्राहकलाई लक्ष्य गरी बैङ्कले यो योजना ल्याएको बताएको छ ।
यस योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यो योजना निश्चित अवधिका लागि बैङ्कका सबै शाखाबाट उपलब्ध हुने बैङ्कले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैङ्कले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको बताएको छ ।
ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवा पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैङ्किङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले हाल १३८ ओटा शाखा, २८ ओटा एक्सटेन्सन काउन्टर तथा राजस्व सङ्कलन काउन्टर, १४८ एटीएम, १७१ शाखारहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैङ्किङ्, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङका साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थतन्त्रमा विशेष योगदान पु¥याउँदै आइरहेको बताएको छ ।