काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वाषिर्क साधारणसभा एवं तेस्रो महाधिवेशन सर्वसम्मत ७७ सदस्सीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।
महाधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइलीलाई निर्वाचित गरेको छ भने उपाध्यक्षहरुमा क्रमशः दियेशरत्न शाक्य, मोहन काजी शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् ।
एसोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए । महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मालाई निर्वाचित भए ।
प्रवक्तामा मनोजकुमार शाह निर्वाचित भएका छन् भने सह-कोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित चयन भए । महासंघका विधानमा ५५ सदस्यीय कार्यसमिति रहने ब्यवस्था भएअनुरुप यी सबै पदमा निर्विरोध पदाधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् ।
यस्तै प्रस्तावित सचिवमा केशबहादुर सुनार तथा सह कोषाध्यक्षमा रमेश रसाइली रहेका छन् । विधान संशोधन पछि महासंघमा ७७ जनाको कार्यसमिति रहनेछ ।