काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका विशिष्ट सदस्य तथा विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले राजिनामा दिएका छन् ।
आफ्नो एजेन्डा जस्ताको तस्तै स्वीकृति गर्न कार्यसमितिले अस्वीकार गरेपछि ढकालले अध्यक्ष भवानी राणासमक्ष राजीनामा दिएका हुन् ।
विधान संशोधनको प्रस्ताव कार्यसमितिमा नल्याउने र सोझै विशेष साधारणसभामा लैजान पाउनुपर्ने ढकालको माग थियो । तर, कार्यसमितिले विधानअनुसार नै हुनुपर्ने अडान राखेपछि उनले राणासमक्ष राजीनामा दिएका हुन् ।
बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा विधान संशोधनका लागि विशेष साधारण सभाको मिति तय गर्ने विषयमा सहमती नजुटेपछि ढकालले राजिनामा दिएका हुन् । बैठकमा धेरैले विशेष साधारण सभाका लागि पहिला कार्यसमितिमा प्रस्ताव ल्याउनुपर्ने र कार्यसमितिबाट स्वीकृति गरेर विशेष साधारणसभामा लैजानुपर्ने विधानत व्यवस्था हो ।
अध्यक्ष राणाले विधान अनुसार नै अघि बढ्ने अडान लिएपछि ढकाल महासङ्घबाट बाहिरिने भन्दै राजीनामा दिएका हुन् ।
संयोजक ढकालले मिति तय नगरि तीनमहिना भित्र सिधैं विशेष साधारणसभा बोलाउनुपर्ने धारणा राखेका थिए । ढकालले केहि तयारी गर्नुपर्ने भएकाले तीनमहिना विशेष साधारणसभामा प्रस्ताव ल्याउने धारणा राखेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
कार्यसमिति बैठकमा प्रस्ताव नल्याई सिधै ल्याउन नहुने धारणा धेरैले राखेपछि संयोजक ढकालले बैठकमा नै आफुुले राजिनामा दिएको घोषणा गर्नुभएको बैठकमा सहभागी अर्काे एक सदस्यले क्यापिटल नेपाललाई बताए ।
‘उनले लिखित रुपमा राजीनामा राणा समक्ष दिएका हुन्, अध्यक्ष राणाले ढकालको राजीनामा पढ्न जिल्ला/नगरका उपाध्यक्ष किशोर प्रधानलाई आग्रह गरे पनि ढकालले दिएको राजीनामा खल्तिमा राखेको एक सदस्यले बताए ।