काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता छन् ।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनील नारायण श्रेष्ठ, रामकृष्ण प्रसाइर्“ र व्यवसायी प्रकाश तिवारी छन् ।
त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण रहेका छन् ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बिमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू सन्तुलित र गहन हुनुपर्ने बताए ।
बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद छ, हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु सुझाव दिए ।
अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रमलगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको जानकारी गराए । एकाइ साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही एकाइमार्फत नै समाधान गरी उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ, अध्यक्ष गोल्छाले भने, ‘यसमा हामी छिट्टै ‘मुभ’ हुन्छौं ।’
अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मक रूपमा मह“गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनुपर्ने पनि बताए । बिमा व्यवसाय हेर्ने नियामक निकायस“ग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो । समितिले आफ्ना कार्यहरू गर्दा यी सबै इस्युहरूमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच तनावको अवस्थासमेत आउने गरेका विगतका यथार्थता हामी सबैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोडदिएका थिए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिलाई शुभकामना दिँदै समितिले तयार गर्ने सुझावहरू साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिन सके त्यो बढी फलदायी हुने बताए ।