काठमाडौं। नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज एन्ड हुलाचन्दले मेलापर्व लक्षित ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।
असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लैजान सकिनेछ ।
ग्राहकलाई लक्षित गरी ल्याइएको योजनामा २२ भन्दा बढी मूल्यांकर्ताबाट आफ्ना पुराना सवारीसाधनको उच्चतम् मूल्यांकन प्राप्त गर्न सकिनेछ। इस्तै, थप मूल्यांकनमा १०,००० सम्म क नगद छुट, फ्री एसेसरिज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध गराइनेछ।
सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५०,००० सम्म जित्ने अवसर पाउनेछन्। साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ। योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ।
नागरिकताको आधारमै फाइनान्स गर्न सकिनेछ भने शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन्।
बजाजले यसअघि नै दसैं–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५०,००० नगद उपहार, प्लेयर अफ द वीक बन्ने ग्राहकलाई १ लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन्।