काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि हुनसक्ने जोखिमका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भीड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आइतबार विज्ञप्तिमार्फत अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न विज्ञप्तिमा उल्लेख छ ।
भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।
भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिबार पुष्टि भएको थियो। शनिबार त्यहाँ ४० हजार ९५३ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।
भारतमा कोभिड प्रकोप बढ्दै गएपछि मुम्बई सहरमा भिड हुने स्थानमा अनिवार्य कोरोना भाइरस परीक्षण गर्नुपर्ने नियम ल्याइने भएको छ।
स्थानीय सरकारका अनुसार किनमेल केन्द्र र रेल स्टेसनहरू जस्ता स्थानमा छानिएका केही व्यक्तिहरूलाई सोमवारदेखि द्रुत परीक्षण गरिनेछ। छानिएका व्यक्तिले परीक्षण गर्न अस्वीकार गरेमा कारबाही गरिने बताइएको छ।
