काठमाडौं। अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल) ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ।
आइतबार बालुवाटारस्थित भाटभटेनी गोदाममा भएको भेटमा आईसीसी नेपाल अध्यक्ष राजेशकाजी श्रेष्ठले भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालमै उत्पादन हुने छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुसँग पहल गर्ने आश्वासन दिए। उनले बैंक तथा बीमा कम्पनीलाई पनि आवश्यक वित्तीय प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरे।
गत भाद्र २४ गतेको आन्दोलनमा भाटभटेनीका १२ वटा शाखामा तोडफोड, डकैती र आगजनी भएको थियो। प्रारम्भिक अनुमानअनुसार करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो।
अध्यक्ष गुरुङले भने, “यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो सपना र संकल्पमा कुनै धक्का लागेको छैन। हामी अझ बलियो भएर उठ्नेछौं।” भाटभटेनीले १९८४ सालदेखि निरन्तर उपभोक्ता र समाजको हितमा योगदान दिँदै आएको छ। वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै १० हजारभन्दा बढीलाई रोजगारी दिएको यस सुपरमार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल र विपद्पीडितलाई समेत ठूला सहयोग पुर्याउँदै आएको छ।
यति ठूलो क्षति हुँदाहुँदै पनि अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो सपना र संकल्पमा कुनै धक्का नलागेको बताएका छन्। बरु अझ बलियो भएर उठ्ने अठोट व्यक्त गर्दै उनले भाटभटेनीले १९८४ सालदेखि निरन्तर उपभोक्ता, समाज र मुलुककै हितमा योगदान दिँदै आएको स्मरण गराए।
भाटभटेनीले वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ भने १० हजारभन्दा बढीलाई रोजगारी सिर्जना गरेको छ। यसअघि पनि सुपरमार्केटले टिचिङ अस्पताललाई साढे ९ करोडको भवन उपहार, डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पताललाई ४१ करोड सहयोग र बाढी–पहिरो पीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो।
करदाता सम्मानमा भाटभटेनी तीनपटकसम्म देशकै सर्वाधिक करदाताको हैसियतमा सम्मानित भइसकेको छ। नेपालकै सबैभन्दा ठूलो र अग्रणी सुपरमार्केट सञ्जालका रूपमा भाटभटेनीले राजधानी काठमाडौँ मात्र नभई प्रमुख सहरहरूमा आफ्ना शाखा विस्तार गर्दै उपभोक्ताको विश्वासलाई निरन्तरता दिँदै आएको छ।