काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन । महासङ्घको सातौँ वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता निर्वाचित भएका छन ।
यस्तै महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टङ्कबहादुर बराइली, कोषाध्यक्ष केशरबहादुर विक र सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा गङ्गाराम रसाइली, विष्णुभक्त बराइली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दीपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा) चयन भएका छन ।
यसैगरी विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएको महासंघले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष महर्जनले स्वदेशमा भएका बहुमूल्य रत्नको पहिचान तथा तिनको उत्खनन गरी विदेशमा आपूर्ति गर्न सकेमा मुलुकको समग्र अर्थतन्त्र बलियो बनाउन सकिने विश्वास व्यक्त गरे । रासस