काठमाडौं । कोभिड संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी युवा वर्ग, बालबालिकामा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देिखएको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका छन् ।
दोस्रो लहरको कोभिड-१९ को संक्रमण १४ जिल्लामा अति प्रभावित भएकाले सचेत रहन अपिलमार्फत आग्रह छ ।
“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, चितवन, मोरङ, ललितपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुराँ तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सिनेमा हल, सम्मेलन, सपार्टी प्यालेस, स्वीमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।