काठमाडौं । आज वैशाख १२ गते । धेरैको मानसपटलमा यो दिन आउने बित्तिकै २०७२ सालको त्यो कालोदिनको दृष्यहरु घुमिरहेको हुन्छ । नघुमोस पनि किन ? लाखौं मान्छेलाई घरविहीन बनाएको थियो भने हजारौं मान्छेहरुले आजकै दिन ज्यान गुमाएका थिए । त्यसैले पनि वैशाख १२ सबैका लागि त्रासयुक्त दिनको रुपमा आइरहेको हुन्छ ।
भूकम्पपछि सरकारले निजी आवास पुनर्निर्माण र सरकारी संचरनाहरु निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरेर निर्माणलाई तीव्रता दिएको थियो । भूकम्प गएको ६ वर्ष बितिसक्दासमेत सबैको घर निर्माण भइसेकको छैन भने सरकारी भवन र सांस्कृतिक एवं धार्मिक संरचनाहरु पुनर्निर्माणकै चरणमा छ ।
तीमध्ये पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो ८६.७८ प्रतिशत र तेस्रो ७८.६६ प्रतिशत पुगिसकेको छ । आगामी आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिइको छ ।
प्राधिकरणको भनाइलाई आधार मान्ने हो भने अहिलेसम्म ७ लाख ५३ हजार १ सय ४ वटा अर्थात ९३ प्रतिशत निजी आवास पूर्णरुपमा निर्माण भइसकेको छ । बाँकी ७ प्रतिशतको काम पनि तीव्र गतिमा भइरहेको जनाएको छ । यो अवधिसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये ७ लाख ५३ हजार १ सय ४ घर पुनर्निर्माण भइरहेका छन् । तीमध्ये पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो ८६.७८ प्रतिशत र तेस्रो ७८.६६ प्रतिशत पुगिसकेको छ । आगामी आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिइको छ ।
त्यस्तै क्षतिग्रस्त भएका ९ सय २० सम्पदामध्ये ४ सय ९३ सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने २ सय ८८ सम्पदा निर्मार्णाधीन छन् । सर्वाधिक चासोमा रहेका सम्पदाहरुमध्ये रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको छ भने धरहराको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन् ।
राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरिसकेका छन् । त्यस्तै केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जीर्णोद्धार जारी रहेको छ ।
भूकम्पपछि २ सय ९९ स्थानमा असुरक्षित रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहिलाई जग्गासहित घर निर्माण गर्ने व्यवस्था गरिएको छ । भूकम्प र त्यसपछिका पराकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना गर्ने उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो ।
प्राधिकरणका अनुसार, बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाहरुको गुरुयोजना स्वीकृतिको चरणमा छन् ।
यसबाहेक जोखिम एवं विपन्नवर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणका लागि प्राधिकरणले करिब ९ सय घुम्ती डकर्मी र २ सय ५४ सामाजिक परिचालकहरू परिचालन गरी विशेष अभियान सञ्चालन गरेको छ । निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ वटा गुनासा परेका थिए । ती सबैको जिल्ला तहका पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।
भूकम्पपछि २ सय ९९ स्थानमा असुरक्षित रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहिलाई जग्गासहित घर निर्माण गर्ने व्यवस्था गरिएको छ । भूकम्प र त्यसपछिका पराकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना गर्ने उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो । भूकम्प प्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदासहित क्षतिग्रस्त संरचना भूकम्प प्रतिरोधी बनाइएको छ भने बाँकी रहेका केही पुनर्निर्माणको अन्तिम चरणमा छन् ।
भूकम्पबाट क्षति भएका ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भएका छन् । पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटा गुम्बाको पुनर्निर्माण भइरहेको छ ।
भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी १७ प्रतिशत विद्यालय निर्मार्णाधीन अवस्थामा छन् । त्यस्तै, १ हजार १ सय ९७ स्वास्थ्य संस्था क्षति भएकामा ६ सय ९८ को पुनर्निर्माण कार्य सकिएको र २ सय ९६ को पुनर्निर्माण जारी छ ।
यस्तै, कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण भएका छन् । विभिन्न जिल्लामा ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किमि सडक पुनर्निर्माण भएका छन् भने बाँकीको पुनर्निर्माण यही आर्थिक वर्ष भित्र सम्पन्न् गर्ने लक्ष्य राखिएको छ ।
जम्मा खर्च कति लाग्यो ? काहाँ–काहाँबाट आयो सहयोग ?
पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैयाँ हो । यसमध्ये नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी २०७७ चैत मसान्तसम्म कूल ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भैसकेको छ ।
भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । त्यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ ।
पुनर्निर्माणका लागि छिमेकी तथा मित्र राष्ट्रहरुबाट ठूलो मद्दत मिलेको छ । दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । त्यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ ।
उक्त रकम बाहेक गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भएको थियो । तर, करिब ७२ अर्ब रुपैयाँमात्र परिचालन भएको छ । यसरी हेर्दा नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धताबमोजिम सबै रकम पाइने निश्चित भएको छ ।