काठमाडौं । विश्वस्तरीय सहरी–बसोबास युरेपियन स्ट्यान्डर्ड अटोमेसन टाउन हाउजिङ (अर्बन स्पेस)को नेपालमा पनि विस्तार गरिएको छ । सोमबार ललितपुरको सातदोबाटोमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा र ‘अर्बन स्पेस’का संस्थापक बिपिन गैरेले सहरको शिलान्यास गरेसँगै ‘अर्बन स्पेस’को नेपालमा पनि विस्तार भएको हो ।
संस्थापक गैरेले नेपालमा हाउजिङको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार, काठमाडौं उपत्यकाबाट सुरु भए पनि उक्त परियोजना नेपालभरि विस्तार गर्ने योजना छ ।
आर्किटेक्ट इन्जिनियर तथा मिस नेपाल खतिवडाले अर्बन स्पेसबारे प्रष्ट पार्दै भनिन्, ‘अर्बन स्पेसबाट स(साना घरहरूको जग्गालाई जोडी साझा खुला स्थान बनाइन्छ । मानिसहरू अहिले आफ्नो सीमित ठाउँमा बसिरहेका छन् । यो परियोजनाले त्यो सीमित क्षेत्रलाई विस्तार गर्न मद्दत गर्छ ।’ अर्बन स्पेसबाट एकअर्कासँग घुलमिल तथा व्यवहार बुझ्न र विभिन्न सप्रदायकाबारे जानकारी लिन सकिने खतिवडाको भनाइ छ ।
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेल भनछन्, ‘अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरूमा घेराविहीन समाजकोे कल्पना गर्दछ । त्यसैले गर्दा यो सहरी योजनाकारहरूका लागि मात्र नभई दिगो विकास लक्ष्यहरूमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरूको लागि पनि विश्वव्यापी अभियान हो ।’
‘अर्बन स्पेस’ बंगला र हाउजिङको मिश्रित घर हो । जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेशद्धार रहनेछन् । अर्बन स्पेसको उद्देश्य भनेको सुखद सहरी जीवनको अनुभव प्रदान गर्नु हो ।
‘अर्बन स्पेस’ रिङरोडदेखि २ सय मिटर बाहिर ललितपुरमा छ । जहाँ १२ विशिष्ट घर छन् । अर्बन स्पेसमा भूकम्पप्रतिरोधी, २४ घण्टा पानीको व्यवस्था, पाइपबाट ग्यास जडानलगायत सुविधाहरू छन् ।
अर्बन स्पेस टोलीका सदस्यहरूमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किंग्स कलेजबाट स्नातकका रूपमा एमबीए ग्राजुएटस्हरू छन् । उनीहरूसँग वास्तुकलाको क्षेत्रमा राम्रो अनुभव छ ।
अर्बन स्पेसमार्फत नेपालको टाउन हाउजिङको अवधारणा सफलतापूर्वक सुरु गर्न उक्त टोलीले ५० भन्दा बढी देशका १ सयभन्दा बढी पेशेवरहरूसँग छलफल गरेको थियो ।