दोलखा (लामाबगर) । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएको र त्यसलगत्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको स्थलगत अवलोकनपछि कामले तीब्रता पाएको छ ।
समयमा काम नसिध्याउन विभिन्न चलखेल भएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै तामाकोसीको कामलाई लिएर गम्भीर चासो लिएका थिए । त्यसलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक शाक्य तामाकोसी आयोजना स्थलमै पुगेर काममा ढिलासुस्ती गर्नेलाई कुनै हालतमा नछाड्ने चेतावनी दिएपछि अहिले द्रूत गतिमा अघि बढेको हो ।
शाक्यको निर्देशनपछि अहिले तामाकोसी आयोजनाको कामले गति लिएको छ । त्यसैगरी, बिहीबारबाट ड्याम्पमा पानी भर्ने काम पनि सुरु भएको छ । सुरुमा एउटा टर्माइनबाट विजुली उत्पादन गर्ने प्राधिकरणको लक्ष्य छ । त्यसलाई पूरा हुन नदिन विभिन्न समूह लागेको छ ।
‘तामाकोसी आयोजनाको काममा कुनै पनि अवरोध हुनुहुँदैन् । यदि कसैले नियोजित रुपमा तामाकोसी जलविद्युत् आयोजनाको काममा ढिलाई गर्छ भने त्यसलाई तत्काल कारबाही हुन्छ । ख्याल गर्नुहोला,’ केही दिनअघि कार्यकारी निर्देशक शाक्यले तामाकोसी जलविद्युत् आयोजना स्थालमा पुगेर निर्देशन दिएका थिए, ‘त्यसपछि कामले गति लिएको छ ।’
आफ्नो निहित स्वार्थ पूरा गर्न विभिन्न व्यक्ति तथा समूहले सकिनै लागेको तामाकोसी आयोजनाको काम रोक्ने प्रयास भइरहेको बताएका थिए । ‘आयोजनाको काम रोकिनुपर्ने कुनै कारण छैन,’ उनले आयोजना स्थलका कर्मचारीसामू भनेका थिए, ‘यो वा त्यो बहानामा काम रोकिनु हुँदैन । यदि रोकियो भने मैले कडा कदम चाल्नुपर्ने अवस्था आउँछ ।’
शाक्यको निर्देशनपछि अहिले तामाकोसी आयोजनाको कामले गति लिएको छ । त्यसैगरी, बिहीबारबाट ड्याम्पमा पानी भर्ने काम पनि सुरु भएको छ । सुरुमा एउटा टर्माइनबाट विजुली उत्पादन गर्ने प्राधिकरणको लक्ष्य छ । त्यसलाई पूरा हुन नदिन विभिन्न समूह लागेको छ ।
अहिले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीब्र पारिएको छ । अहिलेसम्म भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।
बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिनेछ । यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन भइसक्ने प्राधिकरणको दाबी छ । वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत् सिस्टममा ल्याउने गरी काम भइरहेको छ ।
चुनौतीपूर्ण मानिएको काम लगभग सकिन लागेकाले केही समयभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । पाइप जडानको काम सकिएको छ । अहिले ड्याम्पमा पानी हालेर परीक्षण गर्ने कार्य चलिरहेको आयोजनाले जनाएको छ ।
आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको हो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच ०७५ पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकाले काम गरेका हुन् ।
ठेकेदारको ढिलासुस्ती र पेनस्टक पाइपको जडानमा भएको समस्याले आयोजना सम्पन्न हुने मिति पटक–पटक संशोधन हुँदै आएको छ । ०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।
पूर्णत नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधित अनुमान गरिएको छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ ।
चुनौतीपूर्ण मानिएको काम लगभग सकिन लागेकाले केही समयभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । पाइप जडानको काम सकिएको छ । अहिले ड्याम्पमा पानी हालेर परीक्षण गर्ने कार्य चलिरहेको आयोजनाले जनाएको छ ।
महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परितर्वन, आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजनाले जनाएको छ । आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् ।
यसमा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा भारत निर्भर हुनु नपर्ने अनुमान छ ।
योसहित अन्य आयोजना निर्माण सम्पन्न भएपछि आगामी आर्थिक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
प्राधिकरणका अनुसार अहिले मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत् गृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।
यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने आयोजनाको स्थलगत भ्रमण गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शाक्यले जानकारी दिए ।
चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।
के–के काम भइरहेको छ ?
आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सामान्य काम भइरहेको छ । त्यस्तै, माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम ६ वैशाखभित्रमा सम्पन्न भई लट २ हाइड्रो–मेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले यो ठेक्का लिएको छ ।
हाइड्रो–मेकानिकलतर्फका गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम बाँकी छ । बाँकी रहेका काम सम्पन्न गरी आज १६ गतेबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गरिएको छ ।
यसअघि नै मुख्य निर्माणअन्तर्गत बाँधरइन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रो–मेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।