काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बा“की रहेको बताए ।
अध्यक्ष गोल्छाले १३२ आैं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए ।
यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुनुपर्नेमा जोड दि“दै अध्यक्ष गोल्छाले भने, ‘विश्वभरिनै कोरोना संक्रमणको प्रकृति हेर्दा चा“डै नियन्त्रणमा आउने संभावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाइ राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महसुस गरेका छौं ।’
संक्रमण नियन्त्रणका लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।
अध्यक्ष गोल्छाले भने, “हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौं । हाम्रो सामु रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।
हामी लगानी वृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छाैं तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन, अहिले ७/८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ, यसको कारण खोज्न जरुरी छ, अध्यक्ष गोल्छाले जिज्ञासा राखे, धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैनन्, यसको कारण के हो ?
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।
महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजबुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हु“दै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सु–स्वास्थ्य र सुरक्षाको कामनासमेत गरे ।
त्यसैगरी महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहु“दा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्नेमा जोड दि“दै रोजगारदाता परिषद्का सभापति संघईले बा“च र बचाउको यो कठिन अवस्थाबाट चा“डै मुक्त हुने अपेक्षा गर्दै सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गरे ।