काठमाडौं । सरकारले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गर्यो । कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा लागू गरेपछि सम्पूर्ण व्यापार व्यवसाय ठप्प बन्यो । उद्योगधन्दा, कलकारखाना, तथा तिनका कर्पोरट अफिसमा काम गर्ने व्यक्तिहरु घरमै थुनिए ।
सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुँदा पनि सेयर बजार खुला छ । घरमै थुनिएर बसेका व्यक्तिहरु फुर्सदको समय सदूपयोग गर्न र आफूसँग भएको पैसा सेयर बजारमा लगानी गर्न चाहिरहेका छन् ।
यसअघि अफिस तथा उद्योगकको काममा व्यस्त रहने उनीहरु अहिले घरमा भएको र यही बेला अनलाइनबाट कसरी ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस)को अकाउन्ट खोल्ने भनेर सोचिरहेका छन् ।
सम्पूर्ण ब्रोकर कम्पनीले अनलाइनबाटै टीएमएसको अकाउन्ट खोल्न सक्ने बनाइसकेका छन् । बजारमा भरखरै मात्रै प्रवेश गरेका व्यक्तिले अहिले घरबाटै टीएमएसको फारम पनि भरिरहेका छन् ।
कसरी खोल्ने टीएमएसको अकाउन्ट ?
ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) अकाउन्ट नखोली सेयर किनबेच गर्न सकिँदैन । मेरो सेयरम आफ्नो पोर्टफोलियो हेर्न तथा आईपीओ भर्न सकिने भए पनि दोस्रो बजारमा कारोबार गर्नका लागि अनिवार्य टीएमएस अकाउन्ट चाहिन्छ । टीएमएस अकाउन्ट खोल्नका लागि सबैभन्दा पहिला आफूलाई मन परेको ब्रोकर कम्पनीको वेवसाइटमा जानु पर्छ । नेपालमा ५० वटा ब्रोकर कम्पनी छन् । ती सबै कम्पनीको वेवसाइट छ । आफूलाई जुन मन पर्छ त्यही कम्पनीको वेवसाइटमा जानुहोस् ।
मानौं, तपाई ३८ नम्बर ब्रोकर अर्थात दिपशिखा धितोपत्र कारोबार कम्पनीको वेवसाइटमा जानुभयो । साइन अन हुने वित्तिकै न्यू क्लाइन्ट रजिस्ट्रेसन भन्ने अप्सन देख्नुहुन्छ, जुन अप्सलाई कम्पनीले हाइटाइट गरेको छ । त्यसका क्लिक गर्नुहोस्,
उक्त लिङ्क खुल्ने वित्तिकै त्यहाँ क्लाइन्ट टाइप भन्ने अप्सन आउँछ । यदि तपाई व्यक्तिगत अकाउन्ट खोल्ने हो भने त्यहाँ इन्डिभिज्युअल भन्ने अप्सन छ, त्यहाँ क्लिक गर्नुहोस्, ।
त्यसको ठ्याक्कै ब्रान्चहरु तोकिएका छन् । त्यसमध्ये आफूलाई कुन उचित लाग्छ, त्यसैलाई छनोट गर्नुहोस्, । त्यसभन्दा तल मोबाइल नम्बर, प्यान नम्बर र इमेल हाल्नुहोस्, ।
माथि उल्लिखित सम्पूर्ण विवरण भनेपछि दोस्रो पेजमा जानुपर्ने छ । त्यहाँ सुरुमै कर्पोरेट, ब्रान्च र रजिष्टर भन्ने अप्सन आउँछ । त्यसमध्ये एउटामा क्लिक गर्नुपर्ने छ । त्यसपछि आफ्नो ठेगानाको बारेमा उल्लेख गर्नुपर्ने छ ।
त्यसपछि तेस्रो पेजमा आफ्नो बैंकको सम्पूर्ण विवरण भर्नुपर्ने छ । चौथो पेजमा डिम्याट आइडी राख्नुपर्छ । उक्त नम्बर मेरो सेयरको डिजेल पेजमा रहेको हुन्छ । त्यसलाई छोटकरीमा वीओआईडी नम्बर भनिन्छ ।
त्यहाँ उल्लेख गरिएका सम्पूर्ण विवरण परेपछि अन्तिम पेजमा हालसालै खिचिएको फोटो, नागरिकता समातेर खिचिएको फोटो, डिजिटल सिक्नेचर राख्नुपर्छ । त्यो सबै विवरण समिट गर्ने र त्यसपछि तपाईको इमेलमा सम्बन्धीत ब्रोकर कम्पनीबाट इमेल आउँछ । तीन दिन पछि टीएमएसको युजर आइडी र पासवर्ड आउँछ । त्यसलाई लगइन गरेपछि पहिलो पटक पासवर्ड परिवर्तन गर्नपर्छ ।