चरिकोट । दोलखाका युवाहरुले सञ्चालन गरिरहेको मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियानमा सहयोगी दाताहरु रकम थपिरहेका छन् ।
दोलखाका गौरीशंकर गाउँपालिका वडा नम्बर ८ घर भएका श्रवणकुमार श्रेष्ठले मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियानमा हालसम्मकै ठूलो रकम १ लाख ३० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
मलेसियामा व्यवसाय गरिरहेका श्रेष्ठले आफ्नो सालाभाइ राजु श्रेष्ठको सम्झनामा परिवारहरुको तर्फबाट दोलखाका नागरिकलाई अक्सिजन किन्नलाई आफुले केही रकम सहयोग गरेको फोनमार्फत बताएका छन् ।
मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियान मन परेर पत्रकार गोकर्णप्रसाद भण्डारीमार्फत उनले अभियानलाई रकम हस्तान्तरण गरेका छन् । पत्रकार भण्डारीको नाममा श्रेष्ठले मलेसियाबाट १ लाख ३० हजार रकम पठाएका हुन् ।
श्रेष्ठले आफ्नी श्रीमती रेनुका श्रेष्ठसहित परिवारको तर्फबाट दोलखामा कोरोना सक्रमितहरुको संख्या बढिरहेकाले केही नागरिककको जीवन बचाउन सहज होस भन्ने हेतुले यो रकम पठाएको बताए ।
श्रवणकुमार श्रेष्ठका सालाभाइ राजु श्रेष्ठको मलेसियामा कार दुर्घटनामा परी निधन भएको थियो । सोमबारबाट सुरु भएको यो अभियान शुक्रबार पाँचौं दिनमा प्रवेश गरेको छ ।
यो अभियानमा सहयोगीहरुले एक हजारदेखि १० हजार ११ हजार सम्म रकम पठाईरहेका छन् । हालसम्म यो अभियानमा डेडसय युवाहरुले रकम खातामार्फत जम्मा गरिसकेका छन् ।
यस अभियानमा राप्रपाका नेता एवं समाज सोभित उप्रेतिले १० हजार ,नेपाली कांग्रेसका नेता हाल अमेरिका रहेका सानु शेर्पाले १० हजार सहयोग गरिसेका छन् भने हाल मलेसिया रहेका रामकृष्ण थामी दोलखा सुन्द्रावतीले पनि ११ हजार तिन सय नगद सहयोग गरेका छन् ।
त्यसैगरी चरिकोटका ब्यवसायि तथा समाजसेबि सुरेन्द्र उप्रेतिले पनि आफ्नो बाबु कालिदास उप्रेतिको सम्झनामा १० हजार नगद सहयोग गरेका छन् । योसँगै अन्य ब्यक्तिहरुले पनि अभियानमा सहयोग गरिरहेका छन् ।
मुरारी दुलाल भिनपा ३ ले पनि ६हजार नगद सहयोग गरेका छन् भने शिब केसी भिनपा ६ सिमपानी केसी सप एण्ड केमिकल इन्डस्टिज प्रालिका प्रोपाइटरले ५ हजार, केदार कार्की भिरकोट दोलखा हाल ललितपुर कर्मचारी ५हजार, श्याम ओली सुन्द्रावति दोलखा हाल जापानले ५ हजार,शरण जिरेल क्षेत्रपा दोलखा हाल अष्ट्रेलियाले ५ हजार, अनेन्द्र घिसिङ बैतेश्वर ६ नाम्दुले ५ हजार , सबिता सेडाइ सुन्द्रावती दाेलखाले पाँच हजार सहयोग गरेका छन् ।
यस्तै उद्योग वणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले ५ हजार नगद सहयोग गरेका छन् भने देश तथा बिदेशमा रहने युवायुवतीहरु यो अभियानमा जोडिदै एक हजारदेखि १५ सय, २ हजार, २५ सय ,३हजार सम्म नगद खातामा सिधै जम्मा गरिरहेका छन् भने कतिपयले आईएमईमार्फत पनि रकम पठाइरहेको अभियानका अभियान्ता भण्डारीले जानकारी दिए ।
यो अभियान अझै केही दिन चल्ने र दोलखाका अस्पतालहरुको आबश्यकतालाई हेरेर अक्सिजन तथा अन्य सामाग्री सहयोग गर्ने बताईएको छ । अझै रकम जम्मा गर्न चाहानेलाई अभियानले संस्थागत खाता मार्फत रकम जम्मा गर्न सकिने जनाएको नागरिक अगुवा एबं यस अभियानका अभियान्ता चिरञ्जीवी मास्केको भनाइ छ ।
रकम जममा गर्न चाहानेले बिष्णु लक्ष्मि साहित्य पुरस्कार समितिको एनसिसि बैङ्क चरिकोट शाखाको खाता नम्बर मा पनि रकम जम्मा गर्न सकिने अभियानका अभियान्ता भण्डारीले बताएका छन् ।