काठमाडौं । सरकारले आगामी साउनबाट सेयर बजारमा सर्टटम कारोबार गर्ने लगानीकर्ताबाट क्यापिटल गेनबापत ७.५ प्रतिशत कर लिने उल्लेख गरेको छ । एक वर्षभन्दा अघि सेयर बेच्नेहरुबाट थप २.५ प्रतिशत बढी लाभकर कर लिन लागेको हो ।
एक वर्ष पछि सेयर बेच्ने लगानीकर्ताबाट ५ प्रतिशत लाभकर लिनेछ । तर, रेगुलर सेयर किनबेच गर्नेबाट भने थप २.५ प्रतिशत बढी लाभकर लिने बजेटबाट घोषणा गरिएको छ ।
सरकारले नियमित रुपमा सेयर किनबेच गर्नेलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो गरेको बताएको छ । बजारमा दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न र सर्टटम लगानीकर्तालाई निरुत्साहित बनाउने गरी बजेटबाट व्यवस्था गरिएको हो ।
अहिलेकै सिस्टमबाट कसरी ७.५ प्रतिशत लाभकर लिन मिन्छ ?
लगानीकर्ता स्वयमले मेरो सेयरमा गएर डब्ल्यूएसीसी गरेर आफूले किनेको सेयर हाल्ने गरेका छन् । कतिपय लगानीकर्ताले कुनै एउटा स्क्रिप्ट एक वर्ष अघि सस्तो मूल्यमा किनेका हुन सक्छन् ।
पछि सोही सेयर बढी मूल्य तिरेर दुई तीन महिना अघि पनि किनेको हुन्छ । यसरी एउटै स्क्रिप्ट दुई पटक किन्दा मेरो सेयरको डब्ल्यूएसीसीमा औसत मूल्य आएको हुन्छ । त्यही मूल्यलाई आधार मानेर अहिले सेयर बिक्री भइरहेको हुन्छ ।
अहिलको सिस्टममा कुन सेयर एक वर्ष अघि किनेको र कुन सेयर एक वर्ष पछि किनिएको भन्ने देखिँदैन् । तर, सरकारले दुई थरी लाभकरको व्यवस्था गरेको छ ।
कुन सेयर कहिले किनेको ? कसरी छुट्याउने ?
लगानीकर्ता अनुसार अहिलेसम्म मेरो सेयरमा त्यस्तो व्यवस्था छैन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नयाँ सिस्टम आउँछ । कुन सेयर कहिले किनेको भन्ने देखिन्छ । अहिले सिष्टमले काम गर्ने नेप्सले जनाएको छ ।
साउनबाट यो व्यवस्था कार्यान्वयनमा आउँछ । त्यो बेलासम्म नयाँ सिष्टम आइसक्ने उनीहरुको भनाइ छ । एक वर्ष अघि किनेको सेयर बेचेको हो कि एक वर्ष पछि किनेको सेयर बेचेको हो भन्ने प्रष्ट रुपमा खुल्ने गरी नयाँ सिष्टम आउँछ ।