काठमाडौं । आर्थिक वर्ष २०७८/७९ लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सडक, सुरुङमार्ग, पुल निर्माण, जलमार्ग तथा रेललगायतका आयोजनाको लागि रकम विनियोजन गरेका हुन् । चालू आथिर्क वर्ष भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा २०७७/७८ मा १ खर्ब ३८ अर्ब ८० करोड छुट्याएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले (चक्रपथ) दोस्रो चरणको निर्माण कार्य कंलकीदेखि महाराजगञ्ज खण्ड २ वर्षभित्र सम्पन्न गरिने बताएका छन् । साथै ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण कार्य सुरु हुनेछ ।
त्यस्तै काठाडौं–तराई द्रुतमार्गका लागि अर्थ मन्त्रालयले ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ । दु्रतमार्गमा पर्ने सुरुङमार्ग र उच्चाइ युक्त पुल निर्माणको कार्य अगाडि बढाइने बतइएको छ । त्यस्तै हुलाकी राजमार्ग आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ । जसका लागि ६ अर्ब ३९ करोड रकम छुट्याइएको छ ।
मदन भण्डारी राजमार्गको चतारा–हेटौंडा खण्डको आगामी आर्थिक वर्षमा निर्माण सकिने तथा शान्तिनगर–धरान र भेडावारी–धुलियाटी, सुर्खेत खण्डको निर्माण सुरु हुने बजेटमा उल्लेख छ । जसका लागि ३ अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ ।
पुष्पलाल राजमार्गलाई चार लेनको बनाइ मध्यपहाडी क्षेत्रको मेरुदण्डको रुपमाविकास गरिने एवं राजमार्गको दूरी घटाउन सम्भाव्यता अध्ययन गरी पुनः रेखाङकन, सुरुङ प्रविधिको प्रयोग र उचाइ युक्त पुलनिर्माण गरिने बताइएको छ । त्यसका लागि ८ अर्ब १३ करोड बजेट छुट्याइएको छ ।
पूर्व–पश्चिम राजमार्गको लागि अर्थ मन्त्रालयले १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । राजमार्गलाई सुरक्षा मापदण्डसहित चार लेनमा विस्तरलगायत बाँकी रहेका कार्यलाई अगाडि बढाउने मन्त्री पौडेलले बताए ।
सिद्धार्थ राजमार्ग र कोहलपुर–सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न ७ अर्ब रकम मन्त्रालयले विनियोजन भएको छ । त्यस्तै पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनमा विस्तर हुने भएको छ । जसका लागि ७ अर्ब २७ करोड रुपैयाँ छुट्याइएको छ ।
पूर्व–पश्चिम राजकार्गबाट तराई–मधेसका १८ जिल्ला सदरमुकाम हुँदै दक्षिण सीमा जोड्ने सडकलाई चार लेनमा विस्तार कार्य बाँकी रहेको खण्डका लागि २ अर्ब ६६ करोड रुपैयाँ रकम विनियोजन भएको छ ।
त्यस्तै अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–बोदारी खण्डको स्तरोनति तथा विस्तार गर्न १ अर्ब १३ करोड रुपैयाँ अर्थ मन्त्रालयले विनियोजन गरेको छ । साथै सो राजमार्गको बाँकी कार्यका लागि बजेट व्यवस्था गरेको बताइएको छ ।
उत्तर–दक्षिण सडक कोरिडोरका लागि ६ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।सो बजेटमार्फत मेची कोरिडोरको देउराली–भैसे खण्ड, तमोर कोरिडोरको खाँदबारी–किमाथाङका खण्ड, त्रिशूली कोरिडोरको त्रिशूली–साप्रूmबेसी–रसुवागढी खण्ड, कालीगण्डकी कारिडोेर, सेतीलोकमार्गको टीकापुर–साँफे खण्डकोनिर्माण कार्य अगाडि बढाउने बताइएको छ ।
कर्णली राजमार्गको सुर्खेतखुलालु खण्ड दुई लेनको बनाइने तथा नाग्मा–गमगढी सडकको स्तरोन्नति गर्नका लागि १ अर्ब २० करोड रकम विनियोजन भएको छ । साथै हुम्लाको सिमिकोटलाई राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ ।
महाकाली कोरिडोरका लागि १ अर्ब ३ करोड विनियोजन भएको छ । त्यस्तै भेरी सडक कोरिडोरअन्तर्गतको दुनै–तिनजे धो खण्डको ट्रयाक खोल्ने कार्य सुर हुने भएको छ । जसका लागि ६१ करोड रकम छुट्याइएको छ ।
शनिबार बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले आगामी वर्ष ३ सयवटा पुलनिर्माण गरिने बताएका छन् । दोधरा–चाँदनी हुँदै भारतीय सीमा जोड्ने महाकाली नदीमा चार लेनको पुल निर्माण सम्पन्न गर्ने पनि उनले बताए । पुल निर्माणका लागि ११ अर्ब १० करोड रकम विनियोजनसमेत गरेका छन् ।
त्यस्तै पूवै–पश्चिम राजमार्गका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गर्ने बताइएको छ ।