काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
प्राप्त विवरणअनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार बीसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, वाग्मती प्रदेशमा प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ ।
कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदूरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुम्बिनी प्रदेशका रवीन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, वाग्मती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।
यस्तै २ नं प्रदेश प्रहरी कार्यालयबाट डिआइजी धीरजप्रताप सिंहलाई केन्द्रीय अनुसन्धान व्यूरो, १ नं प्रहरी प्रदेश कार्यालयका ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, केन्द्रीय अनुसन्धान व्यूरोका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय काठमाडौँमा तथा प्रहरी महानिरीक्षकको सचिवालयका प्रकाश अधिकारीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।
मन्त्रालयले आजै १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले प्रहरी समूहतर्फका उनीहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा पठाइएको छ । त्यहाँका एसएसपी टेकबहादुर तामाङलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा ल्याइएको छ ।
यस्तै प्रदेश नं २ प्रहरी कार्यालय धनुषाका एसएसपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, प्रहरी प्रधान कार्यालयका उमाशङ्कर पञ्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर पठाइएको छ ।
यस्तै एसएसपी गोविन्दकुमार शाहलाई प्रहरी प्रदेश कार्यालय सुनसरी, कृष्णहरि शर्मालाई प्रहरी प्रदेश कार्यालय कास्की, हृदय थापा, उमेशराज जोशी र नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तथा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं १ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
एसएसपी दीपक थापालाई प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर, चक्रकुबेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको जनाइएको छ ।