काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको यस कठिन समयमा सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।
अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थ्यर्मी र स्वंसेवकहरुलाई नेपालभरि १ सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।
निम्बसको प्रबन्धनिर्देशक आनन्द बगरिया भने, “आफ्नो ज्यानजोखिममा राखी यस महामारीविरुद्ध लड्नु हुने सबै जना प्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”
उच्च गुणस्तरको प्रो टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक प्रोटेक्टिभ निम्बसको स्वास्थ सामग्री उत्पादन गर्ने अंग हो ।
निम्बसको यस स्वास्थ्य सामग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपाल प्रहरी, पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, माइती नेपाल र नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।
विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत छन् । तर, उनीहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहेका छन् ।
यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । कोभिड–१९ को संकटको समयमा निम्बसले याे कल्याणकारी कामलाई जारी राख्ने जनाएको छ ।