काठमाडौं । इन्जिनियरिङ तह उत्तीर्ण गरेर बसेका विद्यार्थीमध्ये छनोट गरी १६ जना विद्यार्थीलाइ काठमाडौं महानगरले ६ महिनाका लागि सीप विकास तथा रोजगारी दिने भएको छ । महानगर भित्रका कलेजबाट इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका १६ जना बिद्यार्थीलाई छनौट गरी आउँदो भदौबाट जागीर दिने भएको हो ।
महानगरले सहरी विकास योजना अन्र्तगत रहेर यो योजना अघि सारेको छ । यसमा महानगर भित्रका इन्जिनेरिङ (आइटिटेक) पास गररे बसेका बिद्यार्थिलाई उनीहरुको सीप बढ्ने र महानगरको विकास निर्माणका काममा लगाउन लागिएको महानगरका प्रवक्ता इश्वरमान डङगोलले बताए । ‘पढेको र शिक्षित जनशक्तिलाई देशको पूर्वाधार तथा विकासमा जोड्नुपर्छ भनेर यो योजना अघि बढाएका हौं’ उनले भने, ‘यसले सीप विकास र आगामी करियरमा समेत दक्ष जनशक्ति विकास गर्न सहयोग पु¥याउने छ ।’
महानगरले चालू आर्थिक वर्ष २०७६/०७७ मा सिटि विकास कार्यक्रमअन्तगत २९ करोड रुपैयाँमध्येबाट २४ लाख रुपैयाँ यस योजनाका लागि खर्च गर्ने भएको हो ।
बर्षमा २ पटक १६/१६ जना गरी ३२ जना इन्जिनियरिङ पढेका जनशक्तिले सीप विकास गरी रोजगारी पाउने डङगोलले बताए । उनले भने ‘यो योजना छ महिनाका लागि हो । यसले महानगरलाई उर्जा र विकासमा पनि टेवा पुग्ने छ ।’ विद्यार्थीको पनि सीपको विकास र नयाँ नयाँ ज्ञानको अनुभव बढ्ने उनको भनाइ छ ।
महानगरका अनुसार, यो योजना नेपालकै नमुना योजना भएको र अन्य प्रदेश र स्थानीय सरकारले पनि यस्तै गर्नुपर्ने बताएको छ ।
कम बजेटमा दक्ष जनशक्तिको विकास र सीपलाइ विकासका काममा जोड्न सहयोगी भूमिका खेल्ने डङ्गोलको तर्क छ । ६ महिनाका लागि छनौट भएका इन्जिनियरहरुले महानगरका विकासका योजना, विकास निर्माणको डिजाइन तथा क्षमता प्रदर्शन गर्नेछन् ।
छनौट इन्जिनियरले महानगरको सीप र विकास योजनामा सहयोग गरेबापत खाजा र प्रोत्साहन सहित मासिक २५ हजार रुपैयाँ पाउने महानगरले जनाएको छ ।
इन्जिनियर छनौट गर्दा उनीहरुको योग्यता, कामको अनुभव, क्षमता र सीपका आधारमा मुल्यांकन गरिने छ ।