विराटनगर । आर्थिक वर्ष ०७७/०७८ मा जग्गा रजिस्टे«शन पास गर्नेहरुको संख्या बढेको छ । जिल्ला मालपोत कार्यालय मोरङले दिएको जानकारी अनुसार २४ हजार २१६ जनाले जग्गा रजिस्ट्रेशन गरेका छन् ।
जसमा १५ हजार १०४ जना पुरुषले आफ्नो नाममा जग्गा रजिस्टेशन पास गरेका छन् । यस्तै ९ हजार ११४ जना महिलाले आफ्नो नाममा जग्गा रजिस्टे«शन पास गरेका छन् । मालपोत कार्यालयले जग्गा रजिस्टे«शन पासबाट आर्थिक बर्ष ०७७/०७८ मा १ अर्ब ४३ करोड ६८ लाख ४१ हजार ९८९ रुपैया राजस्व संकलन गरेको छ ।
आर्थिक बर्ष ०७६/०७७ मा २० हजार ७५ जनाले जग्गा रजिस्टे«शन पास गरेका थिए । जसमा ७ हजार ५८१ जना महिलाले आफ्नो नाममा जग्गा रजिस्टे«शन पास गरेका थिए । १२ हजार ४९४ जना पुरुषले आफ्नो नाममा जग्गा रजिस्टे«शन पास गरेका छन् ।
जिल्ला मालपोत कार्यालय मोरङका मालपोत अधिकृत लोकबहादुर भण्डारीले दिएको जानकारी अनुसार ४१४ जना जग्गाको नक्साको प्रतिलिपि लिएका छन् ।
महिलाको नाममा जग्गा पास गर्नेको संख्या घट्दो
सरकारले १५ वर्षअघि महिलाकोे नाममा जग्गा रजिष्ट्रेशन पास गर्दा राजस्वमा छुट दिने व्यवस्था गरेपछि जग्गा रजिष्ट्रेशन गर्ने क्रम बढ्दै गएको थियो ।
सरकारले महिलाकोे नाममा जग्गा रजिष्ट्रेशन गर्दा सहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामिण क्षेत्रमा ३० प्रतिशत र हिमाली क्षेत्रमा ४० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । धेरैले छुटको लागि मात्र महिलाको नाममा जग्गा रजिस्टेशन गर्ने गरेका थिए । महिलाले जग्गा आफ्नो नाममा भए पनि चाहेअनुसार किनबेच गर्न पाउँदैन थिए ।
पछिल्लो समयमा यो घट्दै गएको देखिन्छ । पुरुषहरुले महिलालाई विश्वास नगर्दा यो क्रम घट्दै गएको हुन सक्ने मालपोत अधिकृत भण्डारीको भनाई छ ।