काठमाडौँ । आईएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ । दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किमि साइकल यात्रा गरेबापत ३ प्रदान गर्ने दुई संस्थाबीच सम्झौता भएको छ ।
सो रकम भुत्तानीका लागि आईएमई पे भुक्तानी साझेदारको रुपमा रहनेछ । साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई पेबीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पेमार्फत भुत्तानी सेवा प्रदान गर्ने छन् ।
उक्त अवसरमा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रबद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आईएमई पे’को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।
सेवा सुुरुआत गरिएको उपलक्ष्यमा बोल्दै साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवर्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।
ग्रीनवे सार्वजनिक पूर्वाधार र यातायात मन्त्रालय, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगर सहर (एलएमसी), एनसेल एक्सियता, र साइकल सिटी नेटवर्क नेपालको संयुक्त पहल हो ।
नेपालमा साइकलिंग र अन्य वातावरण मैत्री अभ्यासहरुलाई बढावा दिन, “मेरो मार्ग हरित मार्ग हो“ भन्ने नाराका साथ संयुक्त पहलको उद्देश्यले हरित पहललाई प्रवर्धन र विभिन्न संस्था र दिगो शहरी गतिशीलतालाई बढावा दिन, कार्बन उत्सर्जन रोक्न, वातावरण संरक्षण र सहरी स्थिरताका लागि साझेदारीलाई बढावा दिने कुरामा विश्वास गर्ने मानिसहरू ल्याउन प्लेटफर्म बनाउनु हो ।