काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई कडाई गर्ने नीति लिएको झण्डै डेढ महिनापछि सेयर बजारमा पहिलो पटक पहिरो गरेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिक कर्जामा कडाई गरेको असर अहिले देखिन थालेको हो । केन्द्रीय बैंकले मौद्रिक नीति ल्याएको भोलिपल्ट बजारमा त्यसको कुनै असर परेन । तर, निर्देशन नीतिमा भन्दा झन कडा भएर आए पछि त्यसका असरा बजारमा परेको विश्लेषकहरुको भनाइ छ ।
बजार बढ्ने अपेक्षा राखेका लगानीकर्ताहरु त्यसको विपरित बजार निरन्तर घटन थालेपछि हतारिएर शेयर बिक्री गर्न थाल्दा नेप्से उच्च अंकले घट्न पुगेको छ ।
लगानीकर्ताले ‘पेनिक सेल’ गर्दा साताको पहिलो दिन नेप्से १०८ घट्न पुगेको हो । लगानीकर्ताले ‘पेनिक सेल’ गर्दा नेप्से उच्च अंकले घट्न पुगेको हो ।
लगानीकर्ता हतास मनस्थितिमा आएका कारण शेयर बजार उच्च अंकले घट्न पुगेको देखिन्छ । बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकको नीतिलाई लिने गरिएपनि अनेक कारण रहेका छन् ।
नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा परिवार तथा संस्थाले शेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिन नपाउने नीति ल्याएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो ।
त्यसबाहेक लगानीयोग्य रकमको अभाव, बैंकको ब्याजदर बढ्न सक्ने संकेत देखिएकाले पनि नेप्से घट्न पुगेको छ । शेयर धितो राखेर लिने कर्जामा कसिलो नीति नल्याएको भए शेयर बजार यसरी उच्च अंकले घट्ने थिएन् । तर केन्द्रीय बैंकले एकाएक शेयर बजारलाई प्रभाव पार्ने गरी नीति ल्याएका कारण नेप्से निरन्तर ओरालो लाग्न पुगेको हो ।
अहिले बैंकिङ प्रणालीमा २८ अर्बको हाराहारीमा मात्र तरलता छ । पछिल्लो समयमा तरलताको अभाव हुन थालेको यसले प्रष्ट संकेत दिएको छ ।
पहिलो चरणको कोरोना भाइरसको संक्रमणपछि लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएर बसेको थियो । त्यति बेला २ खर्ब भन्दा बढी बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थियो । तर, त्यो रकम विस्तारै लगानी हुन थालेपछि अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन थालेको हो ।
बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेपछि बैंकबाट लिएको ऋणको ब्याज बढ्ने सम्भावना देखिएको छ । सरकारले खर्च नगरेका कारण बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेको बिज्ञहरुको भनाइ छ ।
केही समय अघि बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलमा लगानी बढाएका थिए । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बैंकहरुले त्यही बिल खरिद गर्न पुग्दा तरलताको अभाव हुन पुगेको उनीहरुको भनाइ छ ।
त्यसैगरी, मौद्रिक नीतिमा भएको नयाँ व्यवस्थाले थप तरलताको अभाव हुने देखिएको छ । मौद्रिक नीति ८५ प्रतिशतको सिसिडी रेसियोलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले पनि तरलताको अभाव हुने देखिन्छ ।
त्यस्तै, सरकारले खर्च नगरेका कारण त्यो पनि रकम राष्ट्र बैंकमा ‘जाम’ भएर बसेको छ । सरकारले खर्च गरेपछि अलिकति तरलता सहज होला । अन्यथा तरलताको अभाव क्रमशः बढेर जाने अनुमान गरिएको छ ।
ठिक १ बजे सर्किट ब्रेक लागेको सेयर बजार ४० मिटेपछि खुल्दा २० मिनेटमै करिब १०० अंक रिकभर भएको बजार फेरि रकेट गतिमै ओरालो थियो छ।
गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ५।४० प्रतिशत अर्थात १६७।१६ अंक घटेर २९२६.८९ विन्दुमा बन्द हो ।