भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को रोड सोको क्रममा १७ वटा रोड सो विभिन्न मुलुकमा गरि १८ औं रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । सो अवसरमा भाइब्रेण्ट गोवा ज्ञान समिटका अध्यक्ष एंव ओपन डेस्टिनेशनका उपाध्यक्ष मिलिन्ड अन्भेकर्ले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोबारे प्रकाश पारे ।
सो एक्स्पोले गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यावसायिक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीबीच हुने धारणा राखे ।


सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायीलाई सो एक्स्पोमा भाग लिन आग्रह एंव अनुरोध गरे ।
उक्त असवरमा भाइब्रेण्ट गोवा फाउण्डेशनका मानार्थ सचिव आर्मन बैंकलेले खनिज जन्य, फायरबलमा संयुक्त लगानी÷व्यवसायमा जोड दिनुका साथै एक्स्पोसँग आबद्ध रीता मोदी जोशीले नेपालको विगत १० वर्षमा बिग्रदो पर्यावरणमा सुधार हुने अपेक्षा राखे ।
फिल्म निर्माणको सिलशिलामा भाइब्रेण्ट गोवाका सिएसआर तथा शिक्षा कमिटिका अध्यक्ष गौतम खार्राङगाटेले फिल्म निर्माणको शिलशिलामा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने उत्सुकता देखाए ।
उक्त अवसरमा भाइब्रेण्ट गोवा प्रतिनिधिमण्डलको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भाइब्रेण्ट गुजरातको अवधारणाबाट नै अभिपे्ररित भई विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भाइब्रेण्ट एक्स्पोको नाममा निकै सहहनिय एक्स्पो भईरहेको र सो एक्स्पोमा चेम्बरको प्रभावकारी सहभागिता रहँदै गएको उल्लेख गर्दै आगामी १७ देखि १९ अक्टोबर २०१९ मा आयोजित भाइब्रेण्ट गोवामा समेत चेम्बर सहभागि हुन इच्छुक रहेको र यसबाट शुरुमा व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकास हुनेमा जोड दिए ।
सोही अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका द्धितिय सचिव कपिध्वज प्रताप सिंहद्धारा चेम्बरलाई छलफलमा समावेश गरेर सहनिय कार्य गरेको र यसबाट व्यवसाय जन्य कार्य प्रबद्र्धन हुने आशा एंव विश्वास व्यक्त गर्दै गोवा प्रविधिको केन्द्र, कृषिमा आधारित व्यवसाय र पर्यटनमा समेत करिब ३ लाख पर्यटनमा एक लाख २० हजार पर्यटन भारत हुँदै त्यसको विस्तारित प्याकेजको रुपमा नेपाल आउने हुँदा पर्यटन वर्ष २०२० को प्रबद्र्धन गर्न आगामी गोवा एक्स्पो उपयुक्त अवसर हुने बताए ।