नयाँ दिल्ली । ह्युन्डाईको सर्वाधिक लोकप्रिय ह्याचब्यागको तेस्रो जेनेरेसनको कार ग्रान्ड आई १० नियोस मङ्गलबार भारतमा सार्वजनिक भएको छ । स्पोर्टी लुक्स, नयाँ फिचर्स र प्रविधियुक्त यो गाडी सहरी उपभोक्ता लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ ।
यो गाडी १० भेरियन्टमा उपलब्ध छ । सात ओटा पेट्रोल इन्जिन र अन्य तीन ओटा डिजल इन्जिनको भेरियन्टमा उपलब्ध यो कार भेरियन्टहरुमा १.२ लिटरको काप्पा पेट्रोल इन्जिन र १.२ लिटरको सीआरडीआई डिजल मोटर छन् । दुवै इन्जिनमा फाइभ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सन छन् । यो गाडीमा बीएस सिक्स कम्प्लाइन्ट इन्जिन हो । यसका पेट्रोल भेरियन्टले ८१ बीएचपी र ११४ एनएम टर्क दिन्छ भने डिजल भेरियन्टले ७४ बीएचपी र १९० एनएम टर्क दिन्छ ।
यो गाडीको अगाडिको ग्रिलमा ह्युन्डाईकै सिग्नेचर फिचरका रुपमा रहेको कास्केडिङ ग्रिल छ । बुमर्याङ आकारको एलईडी डीआरएलएससहित प्रोजेक्टर हेडल्याम्प छ । सार्क फिन एन्टेना, नयाँ अलोय ह्विल्स, रियरमा लो वाइड बम्पर, वायरलेस स्मार्टफोन चार्जिङ, स्मार्ट एयर प्युरिफायर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र अन्य धेरै फिचर यसमा छन् ।

नेपालमा युराे ६ क्वालिटीकाे पेट्राेल आएपछि याे गाडी नेपाल आउनेछ ।
नियोसको क्याबिन कम्प्याक्ट देखिए पनि यसमा पर्याप्त स्पेस छ । यसका सिट एकदमै प्रिमियम छन् । यसमा थ्री स्पुक मल्टिफङ्सनवाला स्ट्रिङ छन् । आठ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जसमा एप्पल कारप्ले र एन्ड्रोएड अटो पनि छ । ५.३ इन्चको डिजिटल स्पिडोमिटर र एउटा रियर भ्यू क्यामेरासहितको एमआईडी यसमा छ ।
यसमा डुअल फ्रन्ट एयर ब्याग, ईबीडीसहितको एबीएस, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर र फ्रन्ट सिट बेल्ट रिमाइन्डर अलर्ट यसका विशेषता हुन् ।
यसको ३८०५ एमएमको लम्बाइ, १६८० एमएमको चौडाइ, १५२० को उचाइ रहेको यसको ह्विलबेस २४५० एमएमको छ ।

नियोस प्रशस्त रङमा उपलब्ध छ । यो फायरी रेड, पोलार ह्वाइट, ताइफुन सिल्भर, टिटान ग्रे, अक्वा टिल र अल्फा ब्ल्यूमा यो सवारी उपलब्ध छ । डुअल कलर टोन अप्सनमा पोलार ह्वाइटमा ब्ल्याक रुफ र अक्वा टिलमा ब्ल्याक रुफ अप्सन छन् ।
पेट्रोल भेरियन्टमा यसको मूल्य ४ लाख ९९ हजारदेखि ७ लाख १३ हजार भारतीय रुपैयाँसम्म रहेको छ । डिजल भेरियन्टमा भने यसको मूल्य ६ लाख ७० हजारदेखि सुरु भएर ७ लाख ९९ हजार भारतीय रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।
