काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति जहिले नकारात्मक दृष्टिकोण राख्ने भित्र पर्छन् । उनी केन्द्रीय बैंकमा हुँदा होस् वा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा नै किन नहोस्, सेयर बजारलाई हेर्ने दृष्टिकोण कहिल्यै राम्रो थिएन ।
विष्णुप्रसाद पौडेल अर्थमन्त्री जिम्मेवारी सम्हालेर बाहिरिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८०० अंकमा पुगेको थियो । त्यसको केही समयपछि अर्थमन्त्रीको जिम्मेवारी खतिवडाको काँधमा आयो ।
उनी अर्थमन्त्री बन्ने बित्तिकै सेयर बजारका लगानीकर्ता संशकित थिए । बजारप्रति जहिले नकारात्मक भाव प्रकट गर्ने व्यक्ति नै अर्थमन्त्री भएर आएरपछि बजार पक्कै ओरालो लाग्छ भन्ने लगानीकर्ताको मनमा परेको थियो । नभन्दै उनी अर्थमन्त्री भएर आएको केही दिनमै बजारलाई प्रभावित पार्ने र गरी टिप्पणी दिए । त्यसपछि १८०० अंकमा पुगेको बजार निरन्तर ओरालो लागेर १००० को लाइनमा आइपुग्यो ।
लगानीकर्ताले धेरथोर कमाएको सम्पूर्ण रकम सिध्याउँदा पनि खतिवडा बजारप्रति सकारात्मक बन्न नसकेनन् । र उनी बाहिरिए । त्यसपछि अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री भएकै दिन सेयर बजारमा हरियाली छायो । उनी अर्थमन्त्रीको जिम्मेवारीबाट बाहिरिए पछि पुनः अर्थमन्त्रीको रुपमा जनार्दन शर्मा आइपुगे ।
उनी अर्थमन्त्री हुने बित्तिकै सेयर बजारका लगानीकर्तामा चिसो पसिकेको थियो । माओवादीहरु सेयर बजारप्रति सकारात्मक हुँदैनन् भन्ने उनीहरुको बुझाइ थियो । आखिर लगानीकर्ताको बुझाइ वास्तविकतामा परिणत भयो । ३१९८ अंक पुगेको सेयर बजार अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले मिलेर घटाइरहेका छन् ।
गभर्नर अधिकारी पनि सेयर बजार बढ्नु हुन्न भन्ने सोचाइ राख्ने प्रशासकभित्र पर्छन् । अर्थमन्त्रीको मनोभाव पनि ठ्याक्कै मिले पछि लगानीकर्ताहरु आत्महत्या गर्ने तहमा पुर्याइदिएका छन् ।
केन्द्रीय बैंकले सेयर बजारलाई असर पुर्याउने जे जे नीति ल्यायो, त्यसलाई अर्थमन्त्री शर्माले सदर गरे पछि उनीको बुझाइ प्रस्ट भएको हो । उनले केही सीमित व्यक्तिले मात्रै सेयर बजारबाट कमाइरहेका छन्, सेयर बजार भनेको हावा भरिएको बेलुन हो भन्ने जस्ता प्रतिक्रियाले बजार प्रभावित बनेको हो । केन्द्रीय बैंकले सेयर धितो कर्जामा सीमा लगाउने र अर्थमन्त्री सेयर बजारमा बारेमा अनावश्यक टिप्पणी गर्दै हिड्न थाले पछि दुवै जनाको लाइन खतिवडासँग मिल्दोजुल्दो भएको हो ।