काठमाडौं । सेलपेले ‘सुपर तिहार सेल’अन्तर्गत सामान गरिद गर्दा ग्राहकलाई २५ सयसम्म क्यास ब्याक दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले चाडपर्वकोे उपलक्ष्यमा ‘सेल कार्ट’बाट सामान गरिद गर्ने ग्राहकहरुलाई ५ प्रतिशत अर्थात् २५ सयसम्म क्यास ब्याक दिने भएको हो ।
सोलपेको उक्त योजना कार्तिक १५ देखि २० गतेसम्म लागू हुने बताइएको छ । क्यास ब्याक पाउनको लागि चेकआउट गर्दा कुपन कोड (तिहार) राख्नु पर्ने सेलपेले जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने छिटो, सरल तथा सुरक्षित सेवा हो । सेलपबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुराँमा भुक्तानी गर्न सकिन्छ ।
त्यस्तै फोनपे नेटवर्कका करिब ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर तथा घरमै बसेर सामान खरिद गर्न सकिन्छ ।