काठमाडौं। जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर नष्ट भएको यातायात व्यवस्था कार्यालयको पुर्नउत्थानका लागि नाइमाले सहयोग गर्न छलफल गरेकाे छ। जेनजी आन्दोलनको दोस्रो दिन अराजक समूहद्वारा गरिएको तोडफोड र आगजनीबाट नष्ट भएको यातायात व्यवस्था विभागको कार्यालय पुर्नउत्थानका लागि नेपाल अटोमोबाइल इम्पोर्ट एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले सहयोग गर्ने बारेमाे सदस्यबीच परामर्श गरेकाे हाे।
नाइमाका एक कार्यकारीका अनुसार हालको अवस्थालाई मध्यनजर गर्दै नाइमाको तर्फबाट यातायात व्यवस्था विभागलाई सहयोग गर्ने गरेर संस्थालाइ उठाउने आफ्नाे गतिविधि बढाउने बारेमा सबैकाे धारणा लिइएकाे हाे।
‘हामीले हालको अवस्थालाई मध्यनजर गर्दै नाइमाको तर्फबाट तत्काल सक्दो सहयोग गर्ने बारेमा छलपफल गरेका छौँ,’ ती सदस्यले भने, ‘कार्यालयलाई सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउन आवश्यक कम्प्युटर, प्रिन्टर, फर्निचर, इन्टरनेट जडान उपकरण र अन्य सहायक सामग्री उपलब्ध गराउन छलफल गरेको छ।’ यातायात कार्यलय पुर्नउत्थानका लागि नाइमाले आफ्नो तर्फबाट जे जति सक्छ त्यो उपलब्ध गराउने उनको भनाइ छ।
यातायात व्यवस्था विभागले सवारी साधन आयातपछि त्यसलाई कानुनी रूपमा दर्ता गरी सञ्चालन गर्न योग्य बनाउने प्रमुख नियामक निकायको रूपमा काम गर्छ।
नाइमाले कार्यालयको काम सुरु गर्नका लागि आवश्यक कम्प्युटरलगायत अन्य सामाग्री सहयोग गर्ने योजना बनाएको हो। यस पहलले यातायात कार्यालयको कामकाजलाई पुनः सुरु गर्न र सेवाग्राहीको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यातायात व्यवस्था विभागले सवारी साधन आयातपछि त्यसलाई कानुनी रूपमा दर्ता गरी सञ्चालन गर्न योग्य बनाउने प्रमुख नियामक निकायको रूपमा काम गर्छ। व्यवसायीले सवारी साधन आयात गरेर सडकमा चलाउन विभागको दर्ता, स्वीकृति र नियमन अत्यावश्यक हुन्छ। तर, आन्दोलनको क्रममा यातायात कार्यालयका सबै कागजात र भौतिक संरचना जलेर ध्वस्त भएपछि हाल यातायातसम्बन्धि कामकाज ठप्प भएको छ।
यातायात कार्यालयका सम्पूर्ण कागजात, कम्प्युटर, फर्निचरलगायत सबै सामाग्री जलेर नष्ट भएपछि दसैंको समयमा सवारी साधन आयात स्वीकृति, दर्ता, सिफारिस तथा अनुमति पत्र वितरणजस्ता अति आवश्यक सेवा अवरुद्ध भएका छन्। जसका कारण अटो व्यवसायीहरु मर्कामा परेका छन्।
दसैं तिहार जस्ता चापर्वलाई लक्षित गरी व्यवसायीहरुले ठूलो मात्रामा सवारी साधन आयात गर्ने गर्छन्। तर, यातायात व्यवस्था कार्यालयमा भएको आगलागीले सवारी साधन आयात तथा दर्ता प्रक्रियामा ठूलो अवरोध सिर्जना गरेको छ। यसले व्यवसायीहरूलाई मात्रै होइन, नयाँ सवारी किन्ने तयारीमा रहेका ग्राहकहरूलाई समेत अन्योलमा पारेको छ।
विशेषगरी दसैंको मुखमा अटो व्यवसायीको व्यापार गाडी दर्ता तथा नवीकरणका लागि यातायात कार्यालयबाट आवश्यक पत्र प्राप्त गर्नुपर्ने भएकाले व्यवसायी तथा सेवाग्राही मर्कामा परेका छन्। यस अप्ठ्यारो परिस्थितलाई मध्यनजर गर्दै नाइमाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।