कन्कोरले रेलवे सर्भिसको भाडा घटाए पनि त्यसको पाइदा सिपिङ कम्पनीले मात्रै लिएको खुलेको छ । सरकारले भारत सरकारसँग रेलवे सर्भिस एग्रिमेन्ट गरे पनि निजी रेलले कार्गो सेवा दिन बाटो खुलेको थियो । त्यसपछि कन्कोरले भारी मात्रामा भाडा कटौति गरेको थियो । तर, सस्तिएको भाडा सुविधा नेपाली व्यवसायीले नलिई सिपिङ कम्पनीले मात्रै लिइरहेको खुलेको हो ।
व्यवसायीका अनुसार अहिलेसम्म घटेको भाडा सुविधा व्यवसायीले नलिएको बताएका छन् । कन्कोरले भाडा घटाए पनि सिपिङ कम्पनीलाई मात्रै फाइदा भएको उनीहरुको भनाइ छ ।
अहिलेसम्म नेपालीले फाइदा पाएक छैन । यो कसरी हुन्छ रु कोन्करले रेल भाडा घटाएर हामीलाई के फाइदा भयो रु त्यो त सिपिङ कम्पनीले लिएको छ । सिपिङले भाडा घटेको सूचना त गरेको छैनन् । यसबाट फाइदा जति सिपिङ कम्पनीलाई गयो । अहिले ढुवानीको भाडा ४ गुणासम्म बढेको छ । पारवहन अर्थतन्त्रको मेरुदण्ड हो । तर यसमा सरकारको कुनै चासो नदेखिएको व्यवसायीहरू बताउँछन् ।
सामान ढुवानीमा निजी रेलको प्रवेशपछि कंकोरले असाेज ६ गते ३० प्रतिशत भाडा घटाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौतापछि पहिलो पटक निजी रेल सामान बोकेर ल्याएसँगै कंकोरले भारी मात्रामा भाडादर कटौति गरेको थियाे ।
त्यसैगरी कंकोरले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) पनि नलगाउने निर्णय गरेको थियाे । कन्काेरले भाडा घटाए पनि नेपाली व्यवसायीले त्यसकाे फाइदा नपाएकाे बताएका छन् । 'फाइदा जति सबै सिपिङ कम्पनीले लिएका छन्,' नेपाल उद्याेग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका अध्यक्ष अशाेक टेमानीले भने, ।
यसअघिसम्म रेल सेवामा एकाधिकार गर्दै आएको कंकोरले निजी रेललाई चुनौति नै दिएर भाडादर घटाएको थियाे । हिन्द टर्मिनलले नेपालमा सेवा सुचारु गरेपछि कंकोरको एकाधिकार तोडिएको छ भने भाडामा समेत नेपाली व्यवसायीलाई ठूलो राहत दिएको छ । नेपालमा प्रिन्टाइनले पनि रेलमार्फत सामान ढुवानी गर्न खोजिरहेको छ । कंकोरले निजी क्षेत्रका रेललाई चुनौति दिएर भाडा घटाएको हो ।
यसअघि न्यूनतम ३० हजार भारु रहेकोमा भाडादर ३० प्रतिशत घटाएर २० मिटर कन्टेनरको २१ हजार भारुमा झारेको छ । त्यसैगरी, ४० मिटर कन्टेनरको न्यूनतम ३७ हजार भारुमा झारिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस अघि ५३ हजार भारु थियो । कंकोर भारतको रेलवे बोर्डको सहायक कम्पनीमार्फत चलाइएको छ । तर, पनि कंकोरमा पनि निजी क्षेत्रको सेयर बढाइसकेका छन् ।