दमैली । तनहुँको व्यास नगरपालिकाले १५ करोड रूपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ४ लाख १७ हजार ७ सय १० रूपैयाँआन्तरिक आम्दानी गरेको हो ।
साे अवधिमा २० करोड ४७ लाख रूपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।
नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट ५ करोड २५ लाख ३७ हजार ४० रूपैयाँ सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट ९ करोड ८० लाख रूपैयाँ आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।
सम्पत्तिकर १ करोड १४ लाख २० हजार ७ सय ८४ रूपैयाँ, मालपोतबाट ५३ लाख ४६ हजार ९ सय २७ रूपैयाँ, घरबहालबाट ७५ लाख ९६ हजार ४२५ रूपैयाँ, घरभाडा करबाट १ करोड ६५ लाख ९८ हजार ६ सय २२ रूपैयाँ, मेसिनरी उपकरणबाट ५९ हजार ३ सय रूपैयाँ, लिलाम बिक्रीबाट २४ हजार रूपैयाँ, मिलापत्रबाट २२ हजार ५ सय २० रूपैयाँ, सिफारिसबाट १ करोड २८ लाख ५ हजार २ सय १६ रूपैयाँ, विविध फारमबाट १० लाख २ हजार ७ सय ८१ रूपैयाँ, अन्य प्रशासनिक सेवाबाट ६८ लाख ३७ हजार ६ सय ३७, सवारी पार्किङबाट ८ लाख १७ हजार ९० रूपैयाँ सङ्कलन गरेको छ ।
घरनक्सा पासबाट १ करोड ४१ लाख ५२ हजार सय ३० रूपैयाँ, नाता प्रमाणितबाट २ लाख ६७ हजार ७ सय ३५ रूपैयाँ, अन्य विविधबाट ४ लाख ८६ हजार १ सय २० र दर्ता र नवीकरणबाट १९ लाख ३३ हजार १ सय रूपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै दण्डजरीवानाबाट ६ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट १६ लाख ३४ हजार ६ सय १९ रूपैयाँ, सरसफाइबाट ६५ लाख ७३ हजार ४ सय ८९ रूपैयाँ, स्थानीय वातावरण शुल्कबा ७६ लाख ५९ हजार २ सय ३७ रूपैयाँ, व्यवसाय करबाट १८ लाख ९८ हजार १ सय २ रूपैयाँ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।
सम्पत्ति करबाट १ करोड ११ लाख रूपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ४ लाख २० हजार ७ सय ८४ बढी रूपैयाँ सङ्कलन भएको छ । मालपोत करबाट ५० लाख रूपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ३ लाख ४६ हजार ९ सय २७ बढी रूपैयाँ सङ्कलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ ।
१ करोड ५० लाख रूपैयाँ सङ्कलनको लक्ष्य रहेकामा ७४ लाख ३ हजार ५ सय ७५ रूपैयाँ कम सङ्कलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । ९ करोड ८० लाख सङ्कलनको लक्ष्य रहेकामा ४ करोड ५४ लाख ६२ हजार ९ सय ६०रूपैयाँ कम राजस्व सङ्कलन भएको छ । सिफारिसबाट १ करोड सङ्कलनको लक्ष्य रहेकामा २८ लाख ५ हजार २ सय १६ बढी रूपैयाँ सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट ३३ लाख रूपैयाँ सङ्कलनको लक्ष्य रहेकामा ३५ लाख ३७ हजार ६ सय ३७ रूपैयाँ बढी सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
सरसफाइतर्फ र ५० लाखको लक्ष्य रहेकामा १५ लाख ७३ हजार ४ सय ८९ बढी सङ्कलन भएको छ भने स्थानीय वातावरणतर्फ १ करोडको लक्ष्य रहेकामा २३ लाख ४० हजार ७ सय २७ रूपैयाँ कम सङ्कलन भएको छ । रासस