कात्तिक । अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा उल्लेख्य वृद्धि भएको देखेर अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले विभिन्न विश्वविद्यालयहरुसँग साझेदारी गरेको छ ।
ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्गल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्ल्यान्ड), युनिभर्सिटी अफ एबरडीन (स्कटल्याण्ड) र डिपाउल युनिभर्सिटी (सिकागो) लगायतका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको हो । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँ गुणस्तरीय शिक्षा र कार्य अनुभवमा पहुँच प्रदान गर्न प्रयास गरिरहेको छ ।
सन् २०२० देखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा भर्ना हुने नेपाली विद्यार्थीहरूको संख्या ३६ प्रतिशतले बढेको छ । वास्तवमा, गत वर्षदेखि ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाको आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिएका थिए ।
त्यसैगरि बेलायतका विश्वविद्यालयहरूमा ४५ प्रतिशत र १० प्रतिशतले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका थिए । यी मध्ये अधिकांश विद्यार्थीहरु नेपालका बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुमा रहेका छन् ।
स्टडी ग्रुपले बेलायत, युरोप, अष्ट्रेलिया, न्यूजिल्याण्ड र उत्तर अमेरिकाका विभिन्न विश्वविद्यालयहरूसँग साझेदारी गरेर २५ वर्ष भन्दा बढीको लागि लगातार मार्केट–लिडिङ पोजिसन स्थापित गरेको छ । यो ग्रुप उच्च शिक्षा र रोजगारीमा विद्यार्थीहरुको सफलता र प्रगतिलाई समर्थन गर्नमा केन्द्रित रहेको जनाइएको छ ।