काठमाडौं । श्री राजदेवी इन्टरनेसनल प्रालिले ‘भोलाभेला’ नामक नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कोरोना, सार्स, हेपाटाइटिस एबीसी इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरुविरुद्ध अत्यन्त प्रभावकारी रहेको भोलाभेला राज देवीले नेपाल भित्र्याएको हो ।
रसियास्थित जेएससी कन्सर्न ग्रयानीटद्वारा उत्पादित भोलाभेला विभिन्न रोगका किटाणुविरुद्ध प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ । विशेष भौतिक रसायनिक गुणहरु भएको सो उत्पादनले किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्दने कम्पनीले जनाएको छ ।
अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ । यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादिलाई किटाणुहरुबाट सुरक्षित राख्न उपयोगी हुने बताइएको छ ।
नेमाउकस्टिक नोजलको विशेषता भएकाले भोलभेल प्रयोग गर्दा हानिकारक रसायनबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना कम रहेको कम्पनीले जनाएको छ । ‘विगत २ वर्षदेखि नेपाललगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पीडित भइरहेका छन् ।
यसै सन्दर्भमा अल्कोहलमुक्त भोलभेलले कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ’ श्री राजदेवीका प्रबन्ध निर्देशक पवनकुमार गर्गले भने । साथै नेपाली उपभोक्ताहरुको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने उद्देश्यले उक्त उत्पादन नेपालमा भित्र्याएको उनले बताए ।