काठमाडाैं । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका भीमनारायण रेग्मीले ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक कृति ल्याएका छन् ।
उक्त किताबमा लेखकले नेपालका ७५३ स्थानीय निकायमा बोलिने भाषासम्बन्धी तथ्यांक संकलन गरी त्यसलाई सरलीकरण गरेका छन् ।
‘हामी तथ्यांकलाई कि त आँखा चिम्लेर विश्वास गर्छौं कि आँखा चिम्लेर अविश्वास गर्छौं’, लेखक रेग्मीले भने, ‘तर, जब तथ्यांक सरल हुन्छ, रोचक हुन्छ।
नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्पजस्ता अनुसन्धानपश्चात् तार्किक र तथ्यपरक सामाग्री यो किताबमा समेटिएको प्रकाशकले बताएको छ ।
पुस्तकको अनुसन्धानमा काम गर्दै आइरहेको संस्था फ्याक्ट्स नेपालले प्रकाशन गरेको छ भने यसको वितरण वी–रिडरले गर्दै छ ।
३३० पेजको किताबको मूल्य ११ सय तोकिएको छ ।
कृति किताब यात्रा, बुक कर्नर, थुप्रै डटक लगायत अनलाइनबाट पनि मगाउन सकिन्छ।
‘