काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा आयात र निर्यात दुवै बढेको छ । चैत मसान्तमा कुल वस्तु निर्यात ६९.४ प्रतिशत र आयात आयात ३२.० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
चैत मसान्तमा कुल वस्तु निर्यात ६९.४ प्रतिशत वृद्धि भई १६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।
नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।
भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो–पोलिष्टर तथा अन्य), ऊनी अलैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्तमञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
यस अवधिमा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयातततर्फ भने
सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।