काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले पेट्रोलियम पदार्थको घाटा रोक्न नेपालमा विद्युतिय रेल चलाउन सुझाब दिएका छन् ।
महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले ईन्धनमा दैनिक घाटा खाईरहेको र मु्ल्य बृद्वि निरन्तर बढ्दा त्यसको प्रभाव सिंगो अर्थतन्त्रमा परेको बताउदै यातायात का लागि ईलेक्ट्रिक रेल चलाउन सुझाव दिएका हुन्।
यो सँगै सार्वजनिक यातायात लाई सुदृढ बनाउने र त्यहाँ पनि ईलेक्ट्रिकल गाडिहरु प्रयोगमा ल्याउन सुझाव दिएका हुन् । योसगै विद्युतिय सामाग्रि बढाउन भन्सार शुल्क घटाउनु पर्ने बताएका छन् ।यस्तै ईन्धनमा लगाउदै आएको कर घटाउनु पर्ने र विधुतिय सामाग्रि बढाउन प्रोत्साहन गर्नु पर्ने उनको भनाई छ ।
विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा गोल्छाले नेपाली मुद्रा कमजोर बन्दै गएकाले व्यापार घाटा बढ्न सक्ने बताए ।
रसिया र युक्रेनबीचको युद्धपछि रासायनिक मलको समेत अभाव हुनुको साथैं मूल्य समेत बढिरहेको र समग्र आपूर्ति चेनमा समस्या सिर्जना भएको भन्दै खाद्य संकट समेत आउन सक्ने चेतावनी दिए ।
‘हामीले पूर्वतयारी गर्न आवश्यक भएको छ,’ गोल्छाले भने, ‘ कृषिको व्यवसायीकरण गर्ने घोषणा गरेको दशकौं भइसकेको छ । अब कृषि इको सिस्टम नै सुधार गर्नुपर्छ ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समग्र क्षेत्रमा मूल्य बढिरहेकाले सरकारले इन्धनको प्रयोग घटाउने विषयमा सोच्नु पर्ने बताए ।
‘निर्माणधिन विद्युत् तीव्रताका साथ निर्माण सम्पन्न गर्नुपर्छ,’ गोल्छाले भने, ‘विद्युतको प्रयोग बढाउन सफा ट्यापुको प्रयोग बढाउनु पर्ने, ठूला इलेक्ट्रिक बस चलाउनु पर्ने विकल्पमा हामी जानु पर्छ ।’
गोल्छाले बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर बढाउँदा समेत निक्षेप बढ्न नसकेको भन्दै ब्याजदर घटाउने विषयमा योजना बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरे ।