काठमाडाैं । काठमाडौं महानगरपालिकाकाे राजस्व विभागले १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ। विभागले मंगलबार पत्र काटेर १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएकाे हाे ।
महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल-नयाँबजार, रञ्जना ट्रेड सेन्टर - न्युरोड, साझा भण्डार -भोटाहिटी, राष्ट्रिय नाचघर(जमल, चेम्बर अफ कमर्स -जमल, कर्मचारी सञ्चय कोष -ठमेल, नेपाल विद्युत प्राधिकरण- रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड - सिंहदरबारलाई पत्र लेखेको हो।
यस्तै, महानगरले नेपाली जामे मस्जिद(बागबजार, कृषि सामग्री संस्थान-टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल-स्वयम्भू, आरबि कम्प्लेक्स-न्युरोड, काठमाडौं प्लाजा-पुतलीसडक, नेपाल सेयर मार्केट-पुतलीसडक, सिविक हस्पिटल प्रा।लि र डेन्टल कलेज-सामाखुसीलाई पनि पत्र लेखेको छ।
महानगरले सम्पत्ति कर नबुझाएको भन्दै पटक-पटक ताकेता गर्दा पनि कर नबुझाएका पत्र काट्नुपरेकाे राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताए ।
पत्र प्राप्त भएको दश दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको उनले जानकारी दिए । कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने महानगरले जनाएको छ।
