काठमाडौं। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार एघारौँ रिट दर्ता भएको छ।
सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै अधिवक्ताहरू जगन्नाथ दुलाल, ममता शिवाकोटी, कमला अधिकारी, चिरञ्जीवी अधिकारी, आनन्द गौतम, सुरज प्याकुरेल, संजोग कोइराला, डा स्मृति श्रेष्ठ र समीक्षा रायमाझीले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन्।
उक्त रिटमाथि मंगलबार बिहान १० बजे पेसी तोकिएको छ।
यसअघि सरकारको उक्त निर्णयविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेल, डा सुनिलरञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा पर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गरेका छन्।
सोमबार टिकटक प्रतिबन्धविरुद्धका रिटमाथि पेसी तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ हुन सकेन।