काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग कम भएका कारण लगानी वृद्धिदर घटेको छ । विगतका वर्षहरुमा मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी कर्जा प्रवाह गरेका बैंकहरु चालु आर्थिक वर्षको चार महिनामा केही सुस्त देखिएका छन् । सरकारलाई र बैंकलाई बुझाउने वासलात एउटै हुनु पर्ने नीतिगत व्यवस्थाका कारण पनि कर्जाको माग घटेको बैंकरहरु बताउछन् ।
राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएका कारण ऋणीलाई हिसाब मिलान गर्न समस्या आइरहेको तथा आयातमा आएको ह्रासले पनि कर्जामाग त्यति हुन नसकेको हो । आयातमा भएको कमीले कर्जा माग पनि घटेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सम्सेर राणाले बताए । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार अधिकांश क्षेत्रको कर्जा वृद्धिदर घटेको छ ।
चार महिनामा औषतमा १ खर्व ६४ अर्वको कर्जा प्रबाह भएको छ । गत वर्षको तुलनामा वृद्धिदर भने यस वर्ष घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार विभिन्न एघार क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर ४.७ प्रतिशत छ । गत वर्षको यसै अवधीमा कर्जा प्रबाह बृद्धिदर ८.४ प्रतिशत थियो । चार महिनामा औद्योगिक, व्यवसायिक, सेवा तथा अन्य क्षेत्रकोे कर्जा ८.६ प्रतिशत विन्दुले मात्रै वृद्धि भएको छ । गत वर्षको यही अवधीमा यस क्षेत्रमा जाने कर्जा ११.१ प्रतिशत विन्दुले वृद्धि भएको थियो ।
त्यसैगरी ओभरड्राफ क्षेत्रको कर्जाको पनि वृद्धिदरमा कमी आएको छ । चालु आर्थिक वर्षको चार महिनामा यस क्षेत्रको कर्जाको वृद्धिदर ०.९ प्रतिशत विन्दुले मात्रै बढेको छ । गत वर्षको यही अवधीमा ४.० प्रतिशत बिन्दुले बढेको थियो । त्यस्तै, आयात कर्जाको वृद्धिदर चार महिनामा ९.० प्रतिशत विन्दु बढेको छ । गत वर्ष १४.५ प्रतिशत विन्दु थियो । त्यस्तै, चार महिनामा डिमाण्ड एण्ड चालु पूजी कर्जा वृद्धिदर ६.८ प्रतिशत बिन्दुले बढेको छ । गत वर्ष सोही अवधीमा १३.७ प्रतिशत विन्दुले बढेको थियो ।
चार महिनामा व्यक्तिगत कर्जाको वृद्धिदर ४.४ प्रतिशत बिन्दु रहेको छ भने गत वर्ष ५.७ प्रतिशत बिन्दु थियो । रियल स्टेट क्षेत्रको कर्जाको वृद्धिदर भने बढेको छ । यस क्षेत्रको कर्जा हाल ६.९ प्रतिशत विन्दु बढेको छ । गत वर्ष यसै अवधीमा ४.४ प्रतिशत बिन्दु बढी कर्जा प्रवाह भएको थियो । त्यस्तै, मार्जिन प्रकिृतिको कर्जा भने १.५ प्रतिशत बिन्दुले घटेको छ । गत वर्ष ४.९ प्रतिशत विन्दुले घटेको थियो । त्यस्तै, अटो क्षेत्रमा जाने कर्जा चार महिनामा १.१ प्रतिशत विन्दुले बढेको छ । गत वर्ष यसै समयमा ३.१ प्रतिशत बिन्दु बढेको थियो ।
त्यस्तै, विपन्न वर्गमा ५.० प्रतिशत विन्दु बढेको छ गत वर्ष ७.५ प्रतिशत विन्दु बढेको थियो । अव कर्जा विस्तार हुने हो भने अर्थतन्त्रले धान्नै सक्दैन कार्यकारी निर्देशक गुणराज भट्ट राष्ट्र बैंक अनुसन्धान विभाग गत वर्षको तुलनामा कर्जाको आकार ठुलो भइसकेको छ । सोही रुपमा कर्जा वृद्धि हुने हो भने मुलुकको अर्थतन्त्रले थेग्न पनि सक्दैन र स्रोत पनि पाउँदैन । विगतमा जस्तो स्रोत साधान परिचालन भएको छैन । चार वर्षयता हेर्ने हो भने अर्थतन्त्रमा १६ खर्व कर्जा थपिएको छ ।
चार वर्षको अन्तरालमा ठुलो परिमाणमा कर्जा विस्तार भइसकेको छ । त्यहि स्तरमा अब कर्जा विस्तार हुँदैन । गत वर्षको तुलनामा कर्जा विस्तार हुने हो भने अव बैकिङ प्रणालीमा साधन नै छैनन् । आयातमा कमी भइरहेको छ । कार्गाे, मोटर कर्जा, ओभर ड्राफ्टलगायतका कर्जाहरुमा कन्ट्रोल भएको छ । यी केही नीति गत कुराका कारण कर्जाको वृद्धिदरमा केही कमी आएको हो । गत वर्षको वृद्धिदर उच्च थियो । आधार नै उच्च भएपछि उच्च हुने नै भयो । त्यहि रुपमा अव कर्जा विस्तार हुने हो भने अर्थतन्त्रले धान्नै सक्दैन ।