काठमाडौं । लामो समय देखी राजश्व नतिरी सञ्चालनमा रहेका क्यासिनोहरुलाई बक्यौता तिर्न पर्यटन विभागले ताकेता गरेको छ । विभागले विभिन्न समयमा पत्र काट्दै तत्काल राजश्व बुझाउन उनीहरुलाई निर्देशन दिदै आएपनि क्यासिनोहरुले अटेर गरिरहेको छ । पछिल्लो समय मंसिर १६ गते १० ओटा क्यासिनोलाई राजश्व बुझाउन विभागले पत्र पठाएको हो ।
आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्म १० ओटा क्यासिनोबाट ३ अर्व १९ करोड ४४ लाख ३८ हजार राजश्व उठाउन बाकी रहेको विभागले जनाएको छ । विभागका अनुसार रक इन्टरनेशनल प्रालिले ५ करोड ११ लाख २१ हजार ७८ रुपैया, भेनस रिक्रिएसनले १९ करोड ७९ लाख ८२ हजार ८सय ४८ रुपैयाँ, गिल्ट इन्भेस्टमेन्टले १३ करोड ८७ लाख ५८ हजार ७ सय ८९ रुपैयाँ ६ पैसा, सोल्टी होटल लिमिटेड ६ करोड १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ ७८ पैसा छ ।
दी फुलबारी लिमिटेड ४४ करोड ६६ लाख ६४ हजार ४ सय ८२,याक एण्ड एती ११ करोड ८७ लाख ५० हजार, अन्नपूर्ण इन्टरनेशनल प्रालि ११ करोड ६९ लाख १५ हजार १ सय ७५ रुपैयाँ ६४ पैसा,होटल एभरेष्ट १० करोड ३५ लाख ६२ हजार ५ सय रहेको छ । ह्याप्पी आवर प्रालि २० करोड ५९ लाख ३ हजार १ सय २५ र नेपाल रिक्रियशन प्रालिको ५३ करोड ५० लाख ३३ हजार ९ सय २७ रुपैया ६३ पैसा रहेको छ ।
विभागले असार मसान्तपछिको तीन महिनासम्म १५ प्रतिशत र त्यस भन्दा ढिला गर्नेलाई ३० प्रतिशत जरिवाना जोड्दै आएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले बक्यौता रकम तिर्न ताकेता गरिरहेको जानकारी दिए । पटक पटक व्यवसायीलाई बक्यौता रकम तिर्न ताकेता गरिरहे पनि अटेर गर्ने क्यासिनाको वैक खाता बन्द गर्ने सहितको आन्तरिक तयारी भइरहेको उनको भनाइ छ ।
बक्यौता रकम उठाउन अर्थ मन्त्रालयले पनि चासो देखाइरहेको बताउदै विभागले कठोर निर्णय गर्न लागिएको बताए ।