काठमाडौं । इटालीको जिल्ला अदालतले नेपाल इन्भेस्टमेन्ट बैंक र ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) संग थप विवरण मागेको छ । इटालीको कोर्ट अफ बोलनाले हालै सुनुवाइ गर्दै आधार सहित सम्पूर्ण विवरण पेश गर्न भनेको हो ।
ठेकेदार सीएमसीले काम नगरेपछि तनहुँ जलविद्युत आयोजनाले इटालियन बैंकको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेस्टमेन्टबाट करिव २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टी जफत गरेको थियो । तनहुँले काउन्टर ग्यारेन्टी जफत गरेपछि सीएमसीले इटालीको कोर्ट अफ बलोनमा मुद्धा दायर गरेको थियो ।
सीएमसीको इन्भेस्टमेन्ट बैंकमा भएको ग्यारेन्टी वापतको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ गरी १ अर्ब ९७ करोड रुपैयाँ जफत गरेको थियो ।
तनहुँले सीएमसीको काउन्टर ग्यारेन्टी जफत गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले सो रकम इटालियन बैंकसंग फिर्ता मागेको थियो । तर, इटालियन अदालतबाट तत्काल जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ ।
१४० मेगावटको आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
यसअघि तनहुँले गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो । गत फागुन ७ मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सीएमएसीलाई गराएको थियो ।
तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत वर्षको असोजमा २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) खरिद सम्झौता भएको थियो ।
झण्डै २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टीको रकम असुल नभएपछि नेपाल इन्भेस्टमेन्टकाके निष्क्रिय कर्जा बढेपछि नाफामा असर परेको छ ।
यसअघि पनि बैंक अफ काठमाण्डु र हिमालयन बैंकले चाइना रेल्वे १५ व्यूरो कर्पोरेशनको काउन्टर ग्यारेन्टी रकम चाइना कन्ट्रक्सन बैंकले फिर्ता दिएको छैन । दुई बैंकको गरी झण्डै २ अर्ब रुपैयाँ छ । सीएमसीले मेलम्ची खानेपानी आयोजनासंग पनि ठेक्का तोडेपछि काउन्टर ग्यारेन्टी जफत गरेको थियो ।