काठमाडौँ । चालु आर्थिक वर्षको छैटाै महिना चलिरहदा अधिकांश वाणिज्य बैंकहरु वार्षिक साधारणसभाको चटारोमा छन् । २७ वाणिज्य बैंकहरुमध्ये २४ बैंकले वार्षिक साधारणसभाका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् ।
साधारणसभाले स्विकृती गर्नुअघि बैंकहरुले अघिल्लो बर्षको मुनाफाबाट बितरण गर्ने लाभांस सञ्चालक समितिले प्रस्ताव गर्नुपर्ने हुन्छ । सञ्चालनमा रहेकामध्ये नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सेन्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंकले वार्षिक साधारणभाका लागि राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेका छैनन् ।
राष्ट्र बैंकका अनुसार सिद्धार्थ, कुमारी, लक्ष्मी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, जनता, ग्लोबल आइएमई, एनआइसी एसिया, प्रभु, बैंक अफ काठमाण्डु, नेपाल बैंक, माछापुच्छ्रे, एभरेष्ट, नबिल, प्राइम, एनएमबी, नेपाल एसवीआई लगायतले राष्ट्र बैंकबाट साधारणसभाका लागि स्वीकृति पाएको राष्ट्र बैंक सहायक प्रवक्ता गोविन्द नागिलाले बताए ।
यसमध्ये सिद्धार्थ, कुमारी, लक्ष्मी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, जनता, ग्लोबल आइएमई, एनआइसी एसिया, प्रभु तथा बैंक अफ काठमाण्डुले साधारणसभा सम्पन्न गरिसकेका छन् । नेपाल बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट, नबिल, प्राइम, एनएमबी, नेपाल एसवीआई, स्ट्यान्र्डर्ड चाटर्डलगायतका बैंकहरुले भने साधारणसभा गर्न बाँकी छ ।
साधारणसभा घोषणा गरेका सबै बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने घोषणा गरेका छन् । स्वीकृति प्राप्त गर्न बाँकी रहेको एनसीसी बैंक र राष्ट्रिय वाणिज्य बैंक र सेन्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश समेत घोषणा गरेक छैनन् । तर, बाणिज्य बैंकमा सर्वसाधारणकाे लगानी नभएकाे कारण लाभांस घाेषणाले खासै अर्थ राख्दैन ।
कम्पनी ऐन अनुसार चालु आर्थिक वर्षको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ ।