काठमाडौं । मोटर बीमामा हुने अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न पुल (एकद्वार प्रणाली मार्फत) लागु गर्ने विषयमा तिब्र रुपमा छलफल भइरहेको छ ।
मोटर बीमाका क्षेत्रमा तिब्र रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न पुल लागु गर्ने विषयमा बीमा कम्पनीहरुले गृहकार्य सुरु गरेका हुन् । पुलको मोडालिटी कस्तो हुने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ ।
मोटालिटी बनाउन बीमक संघका महासचिव चंकी क्षेत्री, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद बालचन्द्र घाती ,लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ नुरप्रताप प्रधान लगायतका चार जनाको समिति बनेको थियो । सो समितिले पुलको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल गरिरहेको संघका महासचिव क्षेत्रीले बताए ।
मोडालिटी कस्तो हुने भन्ने बारेमा छलफल भइरहेको सगरमाथका इस्योरेन्सका सीइओ समेत रहेका क्षेत्रीले बताए । छलफलकै क्रममा रहेकाले कहिलेसम्म मोडालिटी बनिसक्छ यकिन भएको छैन ।
बीमा कम्पनीहरुले मोटर बीमाको पोलिसी ल्याउन अन्डर टेबलबाट कमिसन दिने गरेका थिए । यस अन्डर टेलको माध्यमबाट मोटर बीमामा चर्काे विकृति फैलिएपछि बीमा कम्पनीहरुले यस्तो विकृति कम गर्न पुलमा जान कसरत गर्न सुरु गरेका थिए । मोटर बीमाका लामो समयदेखि अस्वस्थ प्रतिस्पर्धा चलिरहेकाले पुल लागु गर्नेबित्तिकै त्यस्तो अस्वस्थ प्रतिस्पर्धा कम हुने क्षेत्रीले बताए ।
मोटर बीमामा एजेन्टले बढी शुल्क लिने,नक्कली पोलिसी जारी हुने लगायतका विभिन्न समस्या देखिएका छन् । पुल प्रणाली लागु भएपछि कार्यान्वयनमा आएपछि मोटर बीमा गर्न जानेलाई आफूले मन लागेको कम्पनीमा आफ्नो सवारी साधानको बीमा गर्न सकिने अवस्था हुनेछ । पुल प्रणाली लागु भएपछि एकै ठाउँबाट बीमा पोलिसी बिक्री गर्न सकिने तथा कम्पनीको व्यापार अनुसार आम्दानी बाँडफाँड हुने भएको छ ।
बीमक संघले बनाइरहेको पुलको काम गर्न छुट्टै कार्यालय आवश्यक पर्ने जनाएको छ । सोही कार्यालयबाट मोटर बीमा पोलिसी बिक्रीदेखि दावी भूक्तानीसम्मको काम गर्न सकिने संघको भनाई छ । संघले अहिले बनाईरहेको पुलको मोडालिटी बीमा समितिलाई बुझाउनेछ ।