काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकलाई एनसेलले ‘टुरिष्ट सिम’ उपलब्ध गराउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा एनसेलले बुधबारबाट टुरिस्ट सिम संचालनमा ल्याएको हो । नेपाल भ्रमणमा आएकाकुनै पनि पर्यटकले कर सहित रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीनदिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।
यो सिममा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिमअल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिनसम्म समय रहेको पाँच कक्बो प्याकमध्ये कुनै एक लिन सक्छन् ।
कम्बो प्याकहरुमा तीन दिने प्याकको रु २९० पर्ने कम्पनीले जनाएको छ । यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको रु ४९० तोकिएको छ । त्यस्तै रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् ।
लामो समय भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् ।
पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् ।
टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिमलिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइजफोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।