काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिना बित्नै लाग्दा सञ्चालनमा रहेका कुल २७ मध्ये ११ वाणिज्य बैङ्कहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये अधिंकाश वाणिज्य बैंकहरुले उल्लेख्य रुपमा आफ्नो चुक्ता पूँजी वृद्धि गरेका छन् ।
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये १० ओटा बैंकको चुक्ता पूँजी बढेको छ भने नेपाल बैंकले बढाएको छैन । तर, नेपाल बैंकले १५५ बोनस सेयर दिएको छ । बोनस सेयर साधारण सभाबाट अनुमोदन पनि भइसकेको छ । प्रतिवेदनमा भने यसलाई पुँजीकरण नगरी सार्वजनिक गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गर्ने योजना अघि सारेको थियो । जुन, राष्ट्र बैंकको उदेश्य भनेको वाणिज्य बैंकको संख्या घटाउनु थियो । तर, राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंकको संख्या घट्न सकेन् । किनकी वाणिज्य बैंक घट्न होइन पूँजी वृद्धि गर्न चाहान्छन् ।
आर्थिक वर्ष २०७२/७३ को नीतिले बल्लबल्ल ८ अर्व रुपैँया चुक्ता पूँजी पु¥याएका बैंकको अबको ‘मिसन’ भनेको २० अर्व रुपैँया रहेको छ । त्यसैले दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुले उल्लेख्य रुपमा चुक्ता पूँजी वृद्धि गरेको देखिन्छ ।
बैंकको दोस्रो त्रैमासको वित्तीय अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा बढी चुक्ता पुँजी वृद्धि गरेको छ । प्राइमको पुँजी २०.५८५ ले बढेर ९ अर्ब ६८ करोड ६८ लाख १५ हजार रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणले देखाएको छ । तर, हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी लक्ष्मी बैंकको रहेको छ ।
बैंकले ९ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ पूँजी पु¥याएको छ । सबैभन्दा कम चुक्ता पूँजी माछापुच्छ्रे बैंकको रहेको छ । सो बैंकले ४.९९ प्रतिशतले मात्रै चुक्ता पूँजी वृद्धि गरेर ८ अर्व ४५ करोड ८४ लाख ७७ हजार पु¥याएको छ ।
कसको कति चुँक्ता पूँजी(रु.हजारमा)
लक्ष्मी बैंक ९,८१२,५६०
नेपाल बैंक ९,८११,१४८
एनआईसी बैंक ९,७१७,६५१
प्राइम कमर्सियल बैंक ९,६८६,८१५
सिद्धार्थ बैंक ९,७८७,७६७
कुमारी बैंक ९,५५४,१३०
सानराइज बैंक ८,९६७,८११
सानिमा बैंक ८,८०१,३८०
सिटिजन्स बैैंक ८,६२२,१९६
एभरेष्ट बैंक ८,५१०,२०७
माछापुच्छ्रे बैंक ८,४५८,४७७