काठमाडौं। सरकारले निकासी व्यापारमा सघाउने व्यवसायीलाई सम्मान गर्ने भएको छ । व्यापार तथा निकास प्रवर्द्धन केन्द्रले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) बाट सम्मान गर्न लागेको हो। सरकारले आउँदो मंगलबार राजधानीमा व्यवसायीलाई सम्मान गर्ने भएको छ।
धागोबाट त्रिवेणी स्पिनिङ मिलका अध्यक्ष रामचन्द्र संघाइ र गलैचाबाट दि सांग्रिला कार्पेट एण्ड ह्यान्डीक्राफ्ट इण्डस्ट्रिज प्रालिका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा, काठमाडौं स्टोर फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य तयारी पोशाकमा, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिङ इण्डष्ट्रीजका सूर्यकुमार गुरुङ पश्मिना सलमा र ऊनी फेल्टका उत्पादनका लागि एभरेष्ट फेशन सम्मानित हुने भएका छन।
यस्तै वहुराष्ट्रिय कम्पनी डाबर नेपालका हरकिरत सिंह बेदी, आरती स्ट्रीप्सका दिव्यराज सापकोटा र हुलास वायर इण्डस्ट्रीज लिमिटेडकी निर्देशक युक्ति गोल्छा पनि सम्मानित हुने भएका छन। पेम्बा दोर्जे शेर्पा न्यू हस्तकला एक्सपोर्टबाट, विश्वराज बस्नेत गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिबाट र मछिन्द्र पाण्डे न्यू प्यागोडा इन्टरप्राईजेजबाट सम्मानित हुने भएका छन्।
पिपुल्स क्राफ्ट एक्सपोर्टका सञ्चालक गोपीप्रसाद कँडेल, कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, जडीबुटीतर्फ निर्वाणकुमार चौधरी, रकमको आधारमा सबैभन्दा बढी निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा सम्मानित हुँदैछन्। उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायीमा होङ्सी शिवम सिमेन्टका प्रबन्ध निर्देशक लीऊ शु कुवाङ हुनेछन्।
सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीबाट पवनकुमार गोल्याण, बैंक र विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउनेमा आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन्।
विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट तरागाउँ रिजेन्सी होटल्सका सुरेशलाल श्रेष्ठ र निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने सुनिता शेर्पा र अक्षय गोल्याण सम्मानित हुँदैछन्।
नेपाल उद्योग वाणिज्य महासंघबाट भवानी राणा, नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघबाट शतीसकुमार मोर सम्मानित हुने भएका हुन्।
