काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दुईदेखि आठ घन्टासम्म बिजुली बन्द हुने सूचना जारी गरेको छ।
प्राधिकरणबाट आज जारी सूचनाअनुसार काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका फिडरअन्तर्गत विभिन्न स्थानमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरुद्ध हुने भएको हो।
रत्नपार्क वितरण केन्द्रको बबरमहल, असन, महाबौद्ध, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार र नयाँबजार फिडरअन्तर्गतका स्थानमा आज विद्युत् अवरुद्ध हुनेछ।
यस्तै, बबरमहल फिडरअन्तर्गत पर्ने खुल्ला मञ्च संगैं, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुलसँगै महिला जेल नजिकै टेलिकम अफिस, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालयसम्म बिहान ८ देखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
ती स्थानमा के–२ स्विचिङमा मर्मत गर्नुपर्ने भएकाले फिडर सटडाउनमा राखिने प्राधिकरणको सूचनामा उल्लेख छ।
असन फिडरअन्तर्गत रत्नपार्क बगंैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बांगेमुढा, भेडासिंह, इन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मका क्षेत्रमा पनि बिहान ८ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै, महाबौद्ध फिडरअन्तर्गत महाबौद्ध सबस्टेसनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजारअगाडि, गणेशस्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्मका क्षेत्रका पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
वीर हस्पिटल फिडरअन्तर्गत पर्ने वीर हस्पिटल, ट्रमा सेन्टर, वीर हस्पिटल आसपासका क्षेत्र, प्राधिकरण फिडरअन्तर्गत प्राधिकरण कम्पाउन्ड, कमलादी फिडरअन्तर्गत घन्टाघर जाने मस्जिद, कमलादी गणेशस्थान, हेरिटेज प्लाजा, मार्कोपोलो होटल हुँदै ज्योति विकास बैंक अगाडि, कमलपोखरी, नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं प्लाजा अगाडि, पुरानो ज्योति विकास बैंक अगाडिसम्म, किंग्स वे फिडरअन्तर्गत जमल पुल अगाडि, विश्वज्योति हल एरिया, यलो प्यागोडा, अन्नपूर्ण होटलसम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ८ देखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध सूचनामा उल्लेख छ।
बागबजार फिडरअन्तर्गत पर्ने भक्तपुर बसपार्क, बागबजार, पुतलीसडक चोक, पुरानो बसपार्क, शंकरदेव क्याम्पस एरिया, सिंहदरबार फिडरअन्तर्गत प्रदर्शनी मार्ग, सेसु, पुलिस क्लब, पद्मोदय मोड क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
यसैगरी नयाँबजार फिडरअन्तर्गत विष्णुमती नदी पूर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुँदै म्हैपी मन्दिर पूर्व भाग मनाङे गेट, भ्याली कोल्ड स्टोर, बखतीपोखरी, इन्द्रायणी मन्दिर आसपास बिहान ७ देखि १० बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
ललितपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडरअन्तर्गत छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती क्षेत्रमा आज बिहान ११ देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने सूचनामा भनिएको छ।
यस्तै, एकान्तकुनास्थित चात्रपथको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
तोकिएको समयअघि काम सकिए विद्युत् सेवा सुरु हुने सूचनमा उल्लेख छ।
