घान्द्रुक कास्कीको सुन्दर पर्यटकीय गाउँ हो। नेपालको पर्यटन राजधानीको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध छ। अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुद्री सतहदेखि १,९४० मिटर उचाइमा रहेको छ।
अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्छ्रे, अन्नपूर्ण आधार शिविर यही गाउँ हुँदै जान सकिन्छ। घान्द्रुक-घोडपानी पदयात्रा पनि विश्व पर्यटनमाझ लोकप्रिय पदयात्रा मार्ग हो।अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुद्री सतहदेखि १,९४० मिटर उचाइमा रहेको छ।
घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाका लागि पनि प्रख्यात छ। यहाँका पुरानो शैलीका ढुंगाले छाएका घर उत्तिकै आकर्षक छन् र मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको अर्को आकर्षण हो।
पछिल्लो समय यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटिएको छ। लमजुङको बेंसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङ्लाभन्ज्याङ पार गरेर मुक्तिनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे।
सडकका कारण २१ दिनको चक्रीय पदयात्रा छोटिएर अहिले ५ देखि ६ दिनमा झरेको छ। घान्द्रुक गाउँसम्मै अहिले मोटरमै पुग्न सकिन्छ। हिँडेर जान चाहनेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ।













तस्बिरः नेपाल फोटो लाइब्रेरी
तस्बिर स् नेपाल फोटो लाइब्रेरी ।