काठमाडौं। पछिल्लो समय उडानका लागि तयारी अवस्थामा रहेका तथा अनुमति माग्ने आन्तरिक एयरलाइन्समा सौर्य, गुण र बिबी एयरवेज रहेको छ। यस्तै हेलिकोप्टरमा मुस्ताङ छ।
यी कम्पनी सञ्चालनमा आएको लामो समय भइसकेको छ। तर, व्यवसायिक उडान सौर्य र गुणबाहेक अन्य दुई कम्पनीले गर्न सकेको छैन। यी एयरलाइन्स कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि पटक-पटक आवेदन दिँदै आएका छन्।
कतिपय एयरलाइन्स सञ्चालकले राजनीतिक दबाबसमेत दिँदै आएका छन्। तर, प्राधिकरणले यात्रुहरूको सुरक्षामा खेलबाड गर्न नमिल्ने आफ्नो अडान राख्दै आएको छ।
प्राधिकरणलाई किन टाउको दुखाई बन्दै छ?
प्राधिकरणले नियमअनुसार आउने निवेदनलाई स्वीकार्नु पर्छ। नियामकको तर्फबाट एयरलाइन्सलाई दिनुपर्ने सहजता र सुविधा दिनु प्राधिकरणको कर्तव्य हो। तर, जुन कम्पनीले नियमित उडानका लागि आवेदन दिएका छन्, ती कम्पनीको आर्थिक स्थितिसँगै प्राविधिक अवस्थामा राम्रो छैन। जसका कारण प्राधिकरणका अधिकारीहरू कसरी अनुमति दिने भन्ने अन्यौलमा परेका छन्।
सौर्य एयरको विमान दुर्घटना हुँदा कर्मचारीसँगै बच्चा लगेको विषय अझै विवादमा छ। यस्तै, वित्तीय अवस्था मजबुत नभएको र एउटा मात्र जहाजले उडान गर्दा यात्रुलाई थप समस्या हुन सक्ने प्राधिकरणको निचोड छ।
गत वर्ष दुर्घटनामा परेको सौर्य एयरलाइन्ससँग अहिले एउटा मात्र जहाज छ। नियमित उडानमा फर्किने तयारी स्वरुप केही साताअघि परीक्षण उडानसमेत गरिसकेको छ। तर, उसको आन्तरिक विवाद मिल्न सकेको छैन।
सौर्य एयरको विमान दुर्घटना हुँदा कर्मचारीसँगै बच्चा लगेको विषय अझै विवादमा छ। यस्तै, वित्तीय अवस्था मजबुत नभएको र एउटा मात्र जहाजले उडान गर्दा यात्रुलाई थप समस्या हुन सक्ने प्राधिकरणको निचोड छ।
‘हाम्रो चाहना कुनै पनि एयरलाइन्सलाई उडान अनुमति नदिने भन्ने हैन,’ प्राधिकरणका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, सञ्चालनमा आएपछि कर्मचारीले तलब नपाउने, पाइलटले मानसिक तनावमा जहाज उडाउनुपर्ने स्थितिमा नहोस् भन्ने हो।’
वित्तीय संकटमा परेपछि आफ्नो जहाज बिक्री गर्ने भन्दै आएको जहाज एकाएक ग्राउण्डेड गरेको गुण एयरलाइन्स पनि अहिले नियमित उडान गर्ने तयारीमा छ। कम्पनीले प्राधिकरणमा रहेको बक्यौता रकम तिरिसकेको छ। योसँगै उडान अनुमति नवीकरणका लागि प्राधिकरण र पर्यटन मन्त्रालय धाइरहेको छ।
तर, गुण एयरलाइन्ससँग हाल रहेको पाँच वटा जेटस्ट्रिम र दुई वटा बिचक्राफ्ट जहाजलाई उडान गर्न दिने पक्षमा प्राधिकरण छैन। जेटस्ट्रिम जहाज आफैमा खर्चिलो रहेको र जोखिम रहेको भन्दै प्राधिकरणले सकेसम्म नयाँ जहाजमार्फत उडान गर्न अनौपचारिक रुपमा अनुरोध गरिरहेको छ।
‘गुणसँग हाल रहेको जहाज सञ्चालन योग्य रहे पनि फाइदा हुने देखिँदैन,’ प्राधिकरणका ती अधिकारीले भने, ‘जानाजान समस्यामा कम्पनी नपरोस् भन्ने चाहना हो।’ गुणले भने आफूहरु वित्तीय अवस्थामा बलियो रहेको र नियमित उडानका लागि तयार रहेको दाबी गर्दै आएको छ।
कम्पनीले परीक्षण उडानका लागि भन्दै भुटान एयरसँग सम्झौता गरेको जनाएको छ। प्राधिकरणले भने आफ्नै जहाज चाहिने अडान राखेपछि अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ।
यता, लामो समयदेखि अन्तर्राष्ट्रिय उडान गर्ने दाबी गर्दै आएको बिबी एयरवेजले पनि हालसम्म जहाज ल्याउन सकेको छैन। तर, मन्त्रालयबाट जहाज ल्याउन पाएको अनुमति एक वर्ष हुँदा समेत परीक्षण उडानका लागि जहाज ल्याएको छैन।
कम्पनीले परीक्षण उडानका लागि भन्दै भुटान एयरसँग सम्झौता गरेको जनाएको छ। प्राधिकरणले भने आफ्नै जहाज चाहिने अडान राखेपछि अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ। जुन मुद्दा विचारधीन अवस्थामा छ। आफ्नो जहाज नभएको बिबी अरुको जहाजमा परीक्षण उडान गर्न अडिग छ।
हेलिकोप्टर क्षेत्रमा लामो समयदेखि सञ्चालन रही हेलिकोप्टर ल्याएर उडान नगर्ने कम्पनी हो, मुस्ताङ। यो कम्पनीले दुई वटा हेलिकोप्टरमार्फत उडान गर्ने तयारी गरे पनि आन्तरिक कलहका कारण समस्या भोगिरहेको छ।
परीक्षण उडान गरिसके पनि हालसम्म मुस्ताङले नियमित उडान गर्न सकेको छैन। त्यसको मूल जड कम्पनीभित्रको आन्तरिक कल रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणमा उजुरी परेको र प्रोटोकल पूरा गर्न नसक्दा नियमित उडानको अनुमति दिन नसकिएको जनाएको छ।