काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८० रुपैयाँ ९७ पैसा र बिक्री दर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ०९ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २७ पैसा र बिक्री दर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ ०५ पैसा र बिक्री दर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ १३ पैसा र बिक्री दर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७४ पैसा र बिक्री दर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ०५ पैसा र बिक्री दर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५६ पैसा र बिक्री दर २० रुपैयाँ ६५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५२ पैसा र बिक्री दर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा रहेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।